spot_img

सेनाद्वारा पर्सामा बृहत् स्वास्थ्य शिविर, गाउलेको भीड

वीरगंज, २६ चैत । नेपाली सेनाद्वारा पर्सामा स्वास्थ्य शिविर आयोजना भएको छ । सखुवाप्रसौनी गाउँपालिका-२ औराहा पाचगावास्थित नेराप्रवि परिसरमा स्वास्थ्य शिविर आयोजना भएको हो ।

नेपाली सेनाको वीरगंज घण्टाघरमा रहेको श्री श्रीजंग गणको आयोजना गापाको सहयोगमा आयोजनामा भइरहेको शिविरको उद्घाटन नेपाली सेनाको बर्दिवासमा रहेको मध्यपूर्वी पृतना हेडक्वाटरका पृतनापति एंव उपरथी प्रेमध्वज अधिकारीले गरेका थिए ।उनले समाजिक काम अन्तर्गत उक्त शिविर आयोजना गरेको बताए ।

गाउँका जनतालाइ सहजै स्वास्थ्य सेवा तथा निशुल्क ओषधी वितरण गरी नेपाली सेना तथा जनताको सामिप्यता बढाउने प्रयास भइरहेको बताए ।शिविरमा गापाको ६ वडा वडाको करिब २१०० जनताको परिक्षणको लागि सूचितयार भएकोमा यो समाचार तयार पर्दा सम्म ५ सय जनाको स्वास्थ्य परिक्षण भइसकेको सखुवाप्रसौनी गापाका अध्यक्ष यशवन्त यादवले बताए ।शिविरमा पर्साका सुरक्षा अधिकारी,स्थानीय जनप्रतिनिधि,वीरगंजका विभिन्न अस्पतालका चिकित्सक ,स्वास्थ्यकर्मी तथा प्राविधिकहरुको सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

अमेरिकी निजी यान चन्द्रमामा अवतरण

केप कानाभेरल (अमेरिका), ११ फागुन : एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले...

पेस्तोल र नक्कली नोटसहित तीनजना पक्राउ

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

spot_img