वन फडानीको आरोपमा पक्राउ परेका वडाध्यक्ष चौधरी २ लाख धरौटीमा छुटे

पढ्न छुटाउनुभयो ?

बारा, २४ चैत । राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा पक्राउ परेका कोहल्वी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ननदकिशोर चौधरी २ लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाराले वडाध्यक्ष चौधरीलाई २ लाख धरौटीमा छाड्ने आदेश दिए लगत्तै धरौटी रकम बुझाएर उनी बिहीवार नै छुटेका हुन् । वडाध्यक्ष चौधरीमाथि कोहल्वी नगरपालिका–५ रामवनस्थित राष्ट्रिय वन क्षेत्रभित्र ५ हेक्टर जग्गामा तारवार गरी लगाइएको करिब ९ हजार बिरूवा नष्ट गरेको आरोप लागेको थियो । सो आरोपमा उनलाई डिभिजन वन कार्यालय बाराले २६ दिनअघि पक्राउ गरेको थियो । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वडाध्यक्ष चौधरीले दसौँ लाख मूल्य बराबरको क्षति गरे पनि अदालतले गरेको आदेशको विषयमा टिप्पणी गर्न नमिल्ने बताएका छन् । ‘फिल्डमा वडाध्यक्षको नेतृत्वमा हुर्किसकेको हजारौँ बिरूवा विनाश भएका छन् दसौँ लाख मूल्य बराबरको क्षति भएको छ तर अब अहिले अदालतले २ लाख धरौटीमा छाड्ने आदेश दिएको छ तैपनि हामीले अदालतको आदेशको विषयमा चित्त नबुझे पनि टिप्पणी गर्न सक्दैनौ’ डिभिजन वन अधिकृत सिंहले भने ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर