रौतहटमा आगलागी, लाखौंको क्षति

पढ्न छुटाउनुभयो ?

रौतहट, २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिका १ करूनिया गाउँँमा गए राति एकघरका आगलागी हुँदा ३० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। बिहीवार साँझ एक्कासि करूनीया गाउँँका मुन्ना मियाँँको घरमा आगलागी भएको थियो। आगलागी बाट घरमा रहेको नगद, लत्ताकपडा फर्निचर, धान, गहूँ, मुसुरो, फ्रीजका साथै पक्की भवन निर्माणको लागि तयार अवस्थामा राखिएको सालको झ्याल, ढोका लगायत खरको छाना भएको घर समेत जलेर ३० लाख बराबरको क्षति भएको पीडितले जनाएको छ। स्थानीय र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएको देवाहि गिनाहिका एकीकृत समाजवादीका मेयर प्रत्याशी धर्मेन्द्र पटेलले बताए । आगलागीको कारण खुल्न नसकेको भए पनि लामखुटे धपाउन बालिएको घुर बाट सल्केर भएको हुनसक्ने अनुमान गरिएको छ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर