बाराबाट सय क्युफिट काठसहित पिकअप भ्यान नियन्त्रणमा

पढ्न छुटाउनुभयो ?

बारा २२ चैत्र २०७९। डिभिजन वन कार्यालय बाराको नियमित गस्ती टोलीले गएराती साढे २ बजे निजगढ नगरपालिका अन्तरर्गत रहेको सामुदायिक वनबाट करिव एक सय क्युफिट काठसहित ४ चक्के पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
वन कार्यालयबाट १० जनाको समूहमा खटिएको गस्ती टोलीले ५ गोलाई काठसहित पिकअप भ्यान नियन्त्रणमा लिएको हो । गस्ती टोलीलाई धनसर छेउबाट सिगोल जाने बाटोमा ५-७ जनको समूहमा आएका वन तस्करहरूले प्रहरीलाई देखेपछि उनीहरू पिकअप भ्यान छोडेर भागेका थिए ।

बा ५ च ५६९६ नम्बरको पिकअप भ्यान ५ ओटा गोलाई काठ र रुख काट्ने आरा नियन्त्रणमा लिइएको हो । ५ वटै गोलाई काठ एउटै रुखको भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
अहिले वन कार्यालयको परिसरमा वन तस्करीमा प्रयोग भएका दर्जनौँ गाडी नियन्त्रणमा रहेका छन् ।

Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर