सडक मरम्मत नगरेपछि वीरगंज महानगरपालिकाले टेलिकम हातामा सात टयाक्टर फोहर फाल्यो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ चैत । नेपाल टेलिकमले सडक मरम्मत नगरेको विरोधमा वीरगंज महानगरपालिकाले टेलिकम परिसरमा फोहर फालेर विरोध प्रदर्शन गरेको छ । मंगलवार नगरप्रमुख राजेशमान सिंहको आदेशमा नेपाल टेलिकम क्षेत्रीय कार्यालय श्रीपुर वीरगंजको हातामा सात टयाक्टर फोहर फालेर विरोध प्रदर्शन गरिएको हो । नेपाल टेलिकमले इन्टरनेटको फाइबर तार बिच्छ्याउँदा कालोपत्र सडक र फुटपाथ खनेर महीनौंदेखि अलपत्र छाडेको विरोधमा महानगरपालिकाले आज सात टयाक्टर फोहर टेलिकमको हातामा फालेर विरोध गरेको हो । पटक–पटक भत्केको सडक मरम्मत गर्न टेलिकमलाई आग्रह गर्दा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर फोहर फालिएको नगरप्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box

ताजा खबर

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र...
- Advertisement -spot_img

सम्बन्धित खबर