spot_img

spot_img

रामनवमीमा घरेलु हतियारसहित वीरगंजमा हिन्दूवादी संघसंस्थाको जुलुश

पढ्न छुटाउनुभयो ?

वीरगंज
पछिल्लो समय नेपालमा हिन्दूत्वको गतिविधि बढदै गएको पाइएको छ । नेपालमा संघियता आउनु अघि विश्वको हिन्दू राज्यमध्ये नेपाल पनि हिन्दू राज्य थियो । तर देश संघियतामा गएपछि अहिले नेपाल सबै धर्मावलम्बीको समान अधिकारसहितको धर्म निरप्रेक्ष राज्य भएको छ ।तर ८० प्रतिशतभन्दा बाहुल हिन्दूको बसोबास रहेको नेपालमा हिन्दूहरुको अस्तित्व र पहिचान कतै ओझेलमा पर्ने त होइन भन्ने चिन्ताले नेपालमा हिन्दूवादी संघसंस्थाका समर्थकहरुले हिन्दूत्वको गतिविधिमा सक्रिय हुदै गएको देखिन्छ । पहिले चैते रामनवमीको रौनक जनकपुरमा मात्रै हेन्थ्यिो र सुनिन्थ्यो ।तर अहिले मधेशप्रदेशको आठ जिल्लामै हिन्दूवादी संघसंस्थाहरु देश–विदेशीको उत्प्रेरणामा सक्रिय भएको बताइन्छ । वीरगंजमा आज रामनवमीको अवसर पारी विभिन्न हिन्दूवादी संघ संस्थाहरुले वीरगंजमा विशाल जुलुश तथा शोभा यात्रा निकालेका छन् । कुर्मीे सेवा सदन रामगढवा वीरगंजको आयोजनामा विहान ९ बजे शुरु भएको शोभयात्रा वीरगंज बजार परिक्रमा गरी दिउँसो १ बजे रामगढवस्थित कुमीृ सेवा सदनमा गएर समापन भएको सदनका अध्यक्ष अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले बताए ।उनले जुलुशमा सयौं कुर्मी समुदायका समर्थकहरुको सहभागिता रहेको थियो । समर्थकहरुको प्रसाद तथा भोजनको व्यवस्था सामगढवावासीले चन्दा उठाएर गरेका थिए । त्यो जुलुशमा मात्रै ६ लाखभन्दा बढि खर्च भएको बुझिएको छ ।त्यसैगरी,वीरगंजमा सक्रिय विभिन्न हिन्दूवादी संघसंगठनले पनि छुटाछुटै जुलुश निकाले थिए । जय श्रीराम नारा अंकित झण्डा तथा भगवान हनुमानको तस्बिरसहितको पनि झण्डा सहभागीहरुले बोकेका थिए । जुलुशमा हिन्दूवादी समर्थकहरुले घरेलु हतियारहरु तरबार,फर्सा,लाठी,भालालगायत पनि लिएर प्रदर्शन गरेका थिए ।

Facebook Comments Box

ताजा खबर

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ, २९ पुस : आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा...
- Advertisement -spot_img

सम्बन्धित खबर