spot_img

spot_img

बालुवाटारमा तयार भयो प्रधानमन्त्रीको सार्वजनिक भवन

पढ्न छुटाउनुभयो ?

१ चैत, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सार्वजनिक भवन पनि सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाटहरु बुधबारदेखि सार्वजनिक भवनमा गर्न थालेका हुन् । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ भन्छन्, ‘इन्टेरियरसहित सबै काम सकिएको छ । सम्माननीय (प्रधानमन्त्री) ले बुधबारदेखि बैठकहरु गर्न थाल्नुभएको छ ।’

सार्वजनिक भवनमा प्रधानमन्त्री प्रचण्डले बुधबार विहान प्रदेश प्रमुखहरुसँग भेटघाट गरेका थिए भने अपरान्ह सत्तारुढ १० दलका शीर्ष नेताहरुको बैठक राखेका छन् ।

प्रधानमन्त्रीको नयाँ निवासमा के छ ?

प्रधानमन्त्रीको पुरानो निवास साँघुुरो भएको भन्दै नयाँ भवन बनाउने निर्णय भएको थियो । त्यसअनुसार साढे ३३ करोड रुपैयाँ लागतमा प्राइभेट ब्लक (आवास भवन) र पब्लिक ब्लक (सार्वजनिक भवन) बनाउन थालिएको थियो ।

प्रधानमन्त्रीको सरकारी भवनमा रहेको बैठक कक्ष ।

प्रधानमन्त्रीको आवास भवन तीन तलाको छ र त्यसमा २२ वटा कोठा छन् । तल्लो तलामा भान्सा, भोजन कक्ष र लबि छन् भने दोस्रो तलामा बैठक र शयन कक्ष छन् । यस्तै माथिल्लो तलामा दुई वटा पाहुना कोठा, शयन कक्ष, लबि, भोजन कक्ष, पूजाकोठा र हलसमेत छ । यो भवन मंसिरमै तयार भएको थियो ।

सार्वजनिक भवन भने हालै तयार भएको छ । यो पनि तीन तलाकै छ । अब प्रधानमन्त्रीले पाहुना भेटघाट यही भवनमा गर्नेछन् । यहाँ मन्त्रिपरिषद् बैठकका लागि छुट्टै कोठा बनाइएको छ । मिडिया कक्ष र सचिवालय पनि राखिएको छ ।

बंकर समेत भएको दुबै भवन नेपाली परम्परागत शैलीमा बनाइएको छ ।

Facebook Comments Box

ताजा खबर

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका...
- Advertisement -spot_img

सम्बन्धित खबर