spot_img

spot_img

विराट गोल्डकपमा भारतबाट दुई टोली आउने

पढ्न छुटाउनुभयो ?

१ चैत, विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् ।

चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट आउने दुईसहित आठ टोली सहभागी हुने भएका हुन् ।

विराट गोल्डकप खेल्नका लागि भारतबाट आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने गोल्डकपका कार्यकारी निर्देशक सुवासिस कोइरालाले जानकारी दिए ।

त्यस्तै नेपालको ए डिभिजन क्लब संकटा, जाउलाखेल युथ क्लब, त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबले पनि विराट गोल्ड कप खेल्नेछन् । आयोजकको रुपमा विराटनगर सिटी क्लबले खेल्नेछ ।

गत संस्करण एपीएफले उपाधि जितेर १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको थियो । यो पटक पुरस्कार राशि बढाउने आयोजकको तयारी छ । खेल रातिको समयमा फ्लर्ड लाइटमा सञ्चालन हुने छ ।

Facebook Comments Box

ताजा खबर

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ, २९ पुस : आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा...
- Advertisement -spot_img

सम्बन्धित खबर