spot_img

जापानमा यसरी हुर्काइन्छ बालबच्चा

शिष्ट जीवनशैलीका लागि विश्वमै अनुकरणीय मानिन्छ जापानलाई । स्वस्थ आचरण, स्वस्थ सामाजिक जीवन अनि स्वस्थ जीवनशैली उनीहरुको चिनारी हो । यसको पछाडि उनीहरुको पारिवारिक संस्कार, बालबच्चाप्रति गरिने व्यवहार पनि एक हो ।

बालबच्चालाई आमाबुवाले नै हेरचाह गर्नुपर्छ भन्ने धारणा छ । विद्यालय जाने उमेरका बालबच्चाका लागि पनि बिदाका बेला आमाबुवाले घुमाउनु, खेलाउनुपर्ने हुन्छ । सामाजिक रुपमा घुलमिल गराउन पार्कमा लैजाने, सामाजिक काममा सरिक गराउने, जमघट गराउने गरिन्छ ।

यदि बुवाआमा फुर्सदिला छन् वा घरमा नै बस्छन् भने उनीहरुले आफ्नो बालबच्चालाई डे केयर सेन्टरमा राख्न पाउँदैनन् । घरमा नै बालबच्चाको स्यहारसुसार गर्नुपर्ने हुन्छ । घरमा पनि बालबच्चालाई आमाबुवाले आत्मीय ढंगले पारिवारिक संस्कार, खान, बस्न सिकाउनुपर्ने हुन्छ । साथै खेल्न र रमाउनका लागि पर्याप्त वातावरण बनाइएको हुन्छ ।

खासगरी उनीहरुलाई आफ्नो काम आफैं गर्न लगाइन्छ । सानै उमेरदेखि घरको काम गर्न सिकाइन्छ । त्यसैले उनीहरु काम गर्न सिपालु र जागरुक हुन्छन् । त्यहाँ बालबच्चालाई हुर्काउँदा विनम्र, विनयी, शिष्ट र मिलनसार बन्न प्रेरित गरिन्छ ।

कति आमाबुवा कामकाजी हुन्छन् । उनीहरुले आफ्ना बालबच्चालाई हेर्न भ्याउँदैनन् भने उनीहरुले डे केयर सेन्टरमा राखिदिन्छन् । यो भनेको विद्यालय जस्तो होइन । त्यहाँ बच्चाले खेल्ने, रमाउने नै हो ।

अनुशासित जीवनशैली

बच्चालाई कसरी खाने, कसरी बस्ने, कसरी खेल्ने भन्ने कुरा त सामान्य हिसाबले सिकाइन्छ नै । तर जापान र अन्यत्र फरक के छ भने उनीहरुले यी सम्पूर्ण कुरालाई अनुशासित ढंगले सिकाउने गर्छन् । जुनसुकै कुरा गर्दा पनि अनुशासित शैलीमा गर्न प्रेरित गरिन्छ ।

खेलौनाले पनि बच्चाको भावनात्मक, शारीरिक विकासमा सहयोग गर्छ । जापानमा कतिपयसँग घरमा खेलौना नहुन सक्छ, त्यस्तो स्थितिमा हप्तामा दुई पटक डे केयर सेन्टरमा गएर खेलौना खेल्न सकिन्छ । यस्तो बेला आमा र बच्चा दुवै त्यहाँ गएर खेल्न सक्छन् ।

घरमा बालबच्चाई पोषिलो र सन्तुलित खानेकुरा खुवाइन्छ । विद्यालय जाने उमेरका बच्चालाई विद्यालयले नै निश्चित क्यालोरी तोकेर खानेकुरा दिने गर्छन् ।

जीवनको पाठ

जापानमा आफूभन्दा ठूलालाई आदर गर्न सिकाइन्छ । आगन्तुक वा अतिथिलाई सत्कार गर्न सिकाइन्छ । कसैप्रति कृतज्ञ हुन प्रेरित गरिन्छ र कसैलाई पनि दुःख दिन हुन्न भन्ने पाठ सिकाइन्छ ।

खेलकुदका विभिन्न क्लबमा उनीहरुलाई समावेश गराइन्छ । त्यहाँ उनीहरुले खेल्ने, साथी बनाउने गर्छन् ।

के सिक्ने हामीले ?

जापानमा बालबच्चाप्रति गरिने व्यवहार, उनीहरुलाई सिकाइने आचरण एकदमै अनुकरणीय छन् । उनीहरुले व्यावहारिक ज्ञानलाई बढी महत्व दिन्छन् । बालबच्चालाई विद्यालयमा पनि पास गराउने भन्दा कुनै ज्ञान, सीप आर्जन गर्ने वातावरण बनाइन्छ ।

उनीहरुबाट सिक्नुपर्ने खास कुरा त के पनि भने बालबच्चालाई श्रमप्रति सम्मन गर्न र मेहनत गर्न सिकाइन्छ । उनीहरु प्रायः सबै कुरामा आफैं सक्षम हुनुपर्छ भन्ने मान्यता राख्छन्, अरुको भर पर्दैनन् ।

जीवनोपयोगी कुरा

जापानको स्कुल प्रणालीमा शिक्षाको लागि मात्र शैक्षिक केन्द्र नबनाई जीवनका अन्य सीप र अनुशासन पनि सिकाइन्छ, जुन संसारको कुनै पनि प्रणालीमा देखिंदैन । नैतिक शिक्षामा पनि उत्तिकै जोड दिनुपर्ने भएकाले जापानको प्रणाली भिन्न छ ।

तीन महिनाको शिशुदेखि ६ वर्षको उमेरसम्म प्राथमिक विद्यालय (डे केयर वा किन्डरगार्टनमा) राखिन्छ । त्यस समय उनीहरुलाई विभिन्न खेल खेलाउने, संगीत सिकाउने, नाच्न लगाउने, बाटो काट्न र फुटपाथमा हिंड्न सिकाउने गरिन्छ । यसैगरी प्राकृतिक विपद्बाट बच्ने उपाय, नचिनेको व्यक्तिसँग बोल्दा कसरी बोल्ने वा सामना गर्ने जस्ता कुरा पनि सिकाइन्छ । चार वर्षको उमेरपछि भने सामान्य अक्षर चिन्न सिकाउन सुरु गरिन्छ । खानपिन पनि डे केयरमै गराइन्छ । यो अवधिमा परिवारको आयस्रोत अनुसारको शुल्क लिइन्छ ।

६ वर्ष लाग्नेबित्तिकै सिटी अफिसले बच्चाको उमेर इलिमेन्टरी स्कुलको लागि योग्य छ भनी तोकिदिन्छ । घर नजिक पर्ने यो स्थान उपयुक्त हुन्छ भनेर अभिभावकलाई सूचित गराइन्छ र उनीहरुकै सल्लाह बमोजिम घरबाट नजिक पर्ने स्कुलमा भर्ना गरिन्छ । ६ वर्ष पुग्न एक दिन मात्र कम भएमा पनि स्कुलले भर्ना लिदंैन ।

डे केयरपछि बालबच्चालाई पढाउने व्यवस्था के हुन्छ ?

डे केयरपछि १ देखि ६ कक्षासम्म इलेमेन्टरी स्कुलमा भर्ना गरिन्छ । ६ वर्ष पुग्नु एक दिन मात्र कम भए पनि इलेमेन्टरी स्कुलमा भर्ना लिंदैन । ६ कक्षामा बिना परीक्षा दिई बच्चाको उमेर अनुसार कक्षाको तह बढाइन्छ । ७ कक्षासम्म उनीहरुले सिक्ने अतिरिक्त क्रियाकलापरु सबै सिकिसकेका हुन्छन् । सरसफाइको एक घण्टाको कक्षा नै हुन्छ । सो अवधिमा भर्‍याङ पुस्ने, टेबल पुस्ने, भुईं सफा गर्ने, आफूले खाएको भाँडा सफा गर्ने काम कक्षा १ देखिको ६ कक्षासम्मको एक–एकजना गरी समूह बनाएर जिम्मा लगाइन्छ । ताकि जानेको विद्यार्थीबाट सानो कक्षाको बच्चाले सिक्न पाउन् । यसले उनीहरुमा मद्दत गर्ने र सद्भाव राख्ने भावना विकास हुन्छ ।

६ कक्षासम्म जीवन उपयोगी खुबीहरु मात्र सिकाएर मात्र पढ्न लगाइन्छ । जस्तै, बिरुवा कसरी रोप्ने, काम कसरी हुन्छ भनेर पढाउनुभन्दा अघि सिकाउने गरिन्छ, जसले उनीहरु पढ्दा जीवनभर याद गर्न सक्छन् । कक्षा १ मा बिहान आठ बजे गएको विद्यार्थी दिउँसो १ बजे फर्किने, कक्षा दुईमा पुग्दा २ बजे गर्दै अवधि विस्तारै बढाउँदै लगिन्छ । ताकि ढिलासम्म बस्ने अवधि र स्कुलमा बोझ अनुभव होस् ।

इलेमेन्टरी स्कुलको अवधि सकिसकेपछि ग्रेड १ देखि ग्रेड ३ सम्म पढाउने जुनियर हाईस्कुल सुरु हुन्छ, जसमा पाठ्यक्रमको पढाइ पनि सुरु हुन थाल्छ । जसमा नेपालमा जस्तै सामाजिक, गणित विज्ञान र अंग्रेजी जस्ता विषय पढाइन्छ । अंग्रेजीबाहेक सबै विषय जापनिजमा पढाइन्छ । पढाइमा कुनै जबर्जस्ती हुँदैन । रहर लागेको नै पढ्न छुट दिइन्छ र त्यसमै भविष्यमा केन्द्रित गराइन्छ । पढाइमा कमजोर हुनेलाई अन्य जे कुरामा रुचि छ त्यही नै गर्न दिइन्छ । त्यसपछि उच्च शिक्षाको यात्रा सुरु हुन्छ ।

(लामो समय जापानमा बसोबास गरेकी खरेलले  त्यहाँ शिक्षण पेसासमेत गरेकी थिइन् । हाल उनी काठमाडौं प्रज्ञाकुञ्ज स्कुलकी निर्देशक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img