spot_img

एपीएफ र जाउलाखेल बराबरीमा रोकिए

पढ्न छुटाउनुभयो ?

२७ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ र जाउलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् ।

दुबै टोलीले खेल अवधिभर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन । १० खेलाडीमा समेटिएको एपीएफवबरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जाउलाखेलले एक अंकमा चित्त बुझायो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको ६९ औं मिनेटमा जाउलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले एडामा डोम्बियालाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए ।

तर उक्त निर्णयमा चर्को आपत्ति देखाएपछि रेफ्री क्षेत्रीले डोम्बियालाई सोझै रातो कार्ड देखाएका हुन् । यसअघि दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग चुकेका थिए । २४ औं मिनेटमा जाउलाखेलका फोडे फोफानाको प्रहार एपीएफका गोकिपर एञ्जल श्रेष्ठले बचाएका थिए ।

त्यसको पाँच मिनेटपछि एञ्जलले नै एनकोटो मेसोबीको प्रहार बचाउँदा जाउलाखेलले अग्रता लिन असफल भएको थियो । ३२ औं मिनेटमा एपीएफका हरि कार्कीले गोलको सुनौलोको अवसर गुमाए ।

३९ औं मिनेटमा प्रदीप लामाको प्रभावशाली प्रहार जाउलाखेल गोलकिपर अनिश देउलाले बचाएका थिए । ४७ औं मिनेटमा एपीएफका सनिस श्रेष्ठको प्रहार अनिशले बचाए । त्यस्तै ६८ औं मिनेटमा जाउलाखेलका अब्दुलाजिज निशेनबेइभको प्रहार बाहिरिएको थियो ।

यस बराबरीपछि जाउलाखेलको तीन खेलमा सात अंक भएको छ । एपीएफको समान खेलबाट चार अंक भएको छ । जाउलाखेलले यसअघि साविक विजेता मछिन्द्र फुटबल क्लबलाई ३–१ तथा न्युरोड टिम (एनआरटी) लाई २–१ पराजित गरेको थियो । यसैगरी थ्री स्टार क्लबलाई २–० ले पराजित गरेको एपीएफले सातदोबाटो युथ क्लवसँग १–० को हार व्यहोरेको थियो ।

लिगमा आइतबार दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङ्दी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब तथा च्यासल मैदानमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments Box

ताजा खबर

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई...
- Advertisement -spot_img

सम्बन्धित खबर