spot_img
spot_img

‘हल्कारा’को टिजर रिलिज, फिल्म वैशाख २९ मा 

पढ्न छुटाउनुभयो ?

काठमाडौं । हल रिलिजअघि नै चर्चित अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । अमेरिकी फेस्टिभल वल्र्डफेस्ट ह्युस्टन र बाफ्टाको कर्माथान फेस्टिभलमा मनोनित फिल्मलाई अब नेपाली दर्शकले हेर्न पाउने भएका छन् ।

निर्माताले आगामी वैशाख २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीबार आकर्षक टिजर सार्वजनिक गरेका हुन् । यस वर्ष समीक्षात्मक रुपमा निकै रुचाइएको र नेपालबाट ओस्कारमा सिफारिस भएको फिल्म ‘ऐना झ्यालको पुतली’को निर्माण कम्पनी आइसफल प्रोडक्सन र कालीपार स्टुडियोले फिल्म निर्माण गरेका हुन् ।

टिजरमा काव्य शैलीबाट कथा भनिएको छ । फिल्मले हुलाकी पात्रको जीवनको कथा भन्छ । शीर्ष भूमिकामा महेश त्रिपाठी र बिनिता थापा मगरले अभिनय गरेका छन् । रामकृष्ण पोखरेल र विक्रम सापकोटाले निर्माण गरेको फिल्मका निर्देशक विक्रम स्वयं हुन् ।

वल्र्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबाट अभिनेता त्रिपाठीले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए । सोही फेस्टिभलमा चिन्तन राजभण्डारीले सर्वश्रेष्ठ छायांकारको उपाधि जितेका थिए । फिल्मको सम्पादनमा केही अन्तर्राष्ट्रिय फिल्म प्राविधिकको पनि संलग्नता रहेको छ ।



Facebook Comments Box
- Advertisement -spot_img

ताजा खबर

वीरगंजमा राष्ट्र बैंकको आयोजनामा क्रिकसल शुरु

वीरगंज,५ वैशाख । सानो आकारको क्रिकेट प्रतियोगिता आर्थात वीरगंजमा आजदेखि तीन दिने ‘क्रिकसल’ प्रतियोगिता शुरु भएको छ । नेपाल राष्ट्र...
- Advertisement -spot_img

सम्बन्धित खबर