फाइल तस्वीर
२४ फागुन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भाडामा पसल चलाउने व्यापारीहरुलाई आगामी ३५ दिनभित्र भाडाको बक्यौता रकम तिर्न निर्देशन दिएको छ । कोषसँग सम्झौता गरी भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुले ३५ दिन भित्र बक्यौता रकम नतिरे चल–अचल सम्पत्ति जफत गर्ने चेतावनी कोषले दिएको छ ।
कोषले बुधबार एक सूचना प्रकाशित गर्दै कोषको स्वामित्व मातहत रहेका भण्डारखालस्थित पसल कवलहरु, अमालकोट कचहरीस्थित पसल, लामपोखरी चावहिलस्थित पसल, सुमार्गी भवन, सुमार्गी भवन अगाडिका पसललाई यस्तो समयावधि दिएको हो ।
यी क्षेत्रमा रहेका सोभिनियर पसल कवल, भण्डारखाल पार्किङ, उमाकुण्ड पार्किङ, वनकालीस्थित बी११ मा रहेको पार्किङ र कोषसँग सम्झौता गरी सञ्चालनमा रहेका सबैले कोषलाई बक्यौता नतिरेको पाइएको छ ।
यी पसलहरुले ३५ दिन भित्र कोषलाई बुझाउनु पर्ने बक्यौता रकम नतिरे चल अचल सम्पत्तिबाट जफत गरिने कोषले उल्लेख गरेको छ ।