प्रियंका चोपडा स्टारर जासूस सिरिज ‘सिटाडेल’को ट्रेलर : ‘एभेन्जर्स इन्डगेम’ निर्देशकको कमब्याक

पढ्न छुटाउनुभयो ?

काठमाडौं । दुई वर्षपछि अमेजन प्राइम भिडियोले अन्ततः रिचर्ड म्याडेन र प्रियंका चोपडा जोनस अभिनित महत्वाकांक्षी जासूस श्रृंखलाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक गरेको छ । १८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो ।

ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । विश्व फिल्ममा दोस्रो धेरै कमाउने फिल्म ‘एभेन्जर्स इन्डगेम’का निर्देशक रुसो ब्रदर्सले निर्देशन गरेको ट्रेलर आकर्षक लाग्छ । स्पाइ र थ्रिलर जनरामा रुचि राख्ने दर्शकलाई यो ट्रेलर रुचिकर देखिन्छ । थ्रिलर, एक्सन र रोमान्टिक दृश्य समावेश यो फिल्मलाई ओटीटी प्लेटफर्म प्राइम भिडियोले रिलिज गर्न लागेको हो ।

‘नयाँ व्यक्तित्वहरू तिनीहरूको पुरानो व्यक्तित्वसँग लडाइँमा उत्रन्छन्,’ निर्देशक रुसो दाजुभाइले आयोजित पत्रकार सम्मेलनमा भने, ‘मलाई लाग्छ हामी सबैभन्दा उत्साहित छौं किनकि मलाई थाहा छैन कि मैले पहिले कहिल्यै देखेको छु । जहाँ तपाईंसँग व्यक्तित्वको संकट र अन्तःस्करणको संकटसँग व्यवहार गर्ने धेरै पात्रहरू छन् ।’

ट्रेलरले ‘सिटाडेल’मा मेसन र नादियाको समयको फ्ल्यासब्याक प्रस्तुत गर्छ । त्यसमा एउटा रेलमा भएको मुठभेड समावेश छ, जसको परिणाम विस्फोटक हुन्छ ।



Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर