spot_img

spot_img

फिल्म ‘दिलमाया २’को टिजर सार्वजनिक

पढ्न छुटाउनुभयो ?

काठमाडौं । राजु गिरीको निर्देशित फिल्म ‘दिलमाया २’को टिजर रिलिज भएको छ । टिजरमा शीर्ष कलाकारहरु किरण नेपाली र सेन्जल पौडेल फिचर्ड छन् । प्रेम कथावस्तुमा निर्माण भएको फिल्मले दर्शकको मन जित्ने विश्वास निर्माताले लिएका छन् ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हीरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वलीको अभिनय छ । लेखन तथा निर्देशन निर्देशक समेत रहेका गिरीको छ ।

विष्णु निराकर र सुस्मिता खत्रीले खिचेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन छ । फिल्मलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले निर्माण गरेका हुन् । भीष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन छ । फिल्म असार २९ गते रिलिज हुँदैछ ।

Facebook Comments Box

ताजा खबर

महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

धनुषा, १० माघ/ रासस मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैङ्गिक संवेदनशील...
- Advertisement -spot_img

सम्बन्धित खबर