नेपाललाई छायांकन थलोको रुपमा चिनाउने डकुमेन्ट्री सार्वजनिक

पढ्न छुटाउनुभयो ?

काठमाडौं । नेपाल फिल्म छायांकन गन्तव्यको रुपमा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यसहित तयार भएको डकुमेन्ट्रीलाई चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ । यसै महिना युएईको दुबईमा आयोजना भएको नेपाल सिनेमा फेस्टको क्रममा यो डकुमेन्ट्रीको प्रिमियर गरिएको थियो ।

१० मिनेट लामो वृत्तचित्रमा गण्डकी प्रदेशका आकर्षक छायांकन स्थललाई समेटिएको छ । यसलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । बोर्ड अध्यक्ष भुवन केसीले सातै प्रदेशमा रहेका छायांकन स्थललाई समेटेर श्रव्यदृश्य सामाग्री बनाइने जानकारी दिए ।

उनले भने, ‘यस प्रकृतिका सामाग्रीलाई बोर्डले निरन्तर बनाउँदै लैजानेछ । नेपाललाई अन्तराष्ट्रिय फिल्म छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले यसलाई बनाइएको हो ।’ नेपालमा फिल्म क्षेत्रको विकास र प्रवद्र्धनमा सरकारको गहिरो चासो रहेको र सोहीअनुसार बोर्डले काम गरिरहेको सूचना अधिकारी चिरञ्जीवि गुरागाईंले बताए ।

यसो गर्दा फिल्म पर्यटनमा पनि मद्दत पुग्ने उनले बताए । बोर्डले यही उद्देश्यले २०७६ सालमा समेत ‘फिल्मिङ इन नेपाल ः भोल्युम १’ प्रकाशित गरेको थियो । गतसाता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालमा फिल्म पर्यटनको विकास गर्न सरकार गम्भीर रहेको बताएका थिए ।

Facebook Comments Box

ताजा खबर

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई...
- Advertisement -spot_img

सम्बन्धित खबर