spot_img

spot_img

सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी,मतान्तर बढाउँदै सिके राउत

पढ्न छुटाउनुभयो ?

सप्तरी, ६ मङ्सिर
सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी हुनुभएको छ । उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाउनुभएको छ ।
मतान्तर बढाउँदै सिके राउत
प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । पछिल्लो मतगणनाअनुसार उहाँले १३ हजार सात सय ५९ मत प्राप्त गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले छ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले दुई हजार आठ सय ५७ मत पाउनुभएको छ ।
हालसम्म २५ हजार चार सय ३९ मतगणना भएकामा एक हजार तीन सय ३७ मत बदर भएको र २४ हजार एक सय दुई मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरी–२ मा ६७ दशमलव ९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मत खसेको छ । अब ३९ हजार एक सय २१ मत गन्न बाँकी छ । –––
Facebook Comments Box

ताजा खबर

महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

धनुषा, १० माघ/ रासस मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैङ्गिक संवेदनशील...
- Advertisement -spot_img

सम्बन्धित खबर