spot_img

spot_img

पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रको मत परिणामको ४ बजेको अपडेट

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ मंसिर/ ठाकुरराम बहुमुखी क्याम्पस वीरगंज र पोखरियास्थित जिल्ला उच्चांगल रामदेव कलवार मावि मतगणना स्थलमा पर्साको चारवटै निर्वाचन क्षेत्रको मतगणना शुरु भएको छ । सर्वदलीय बैठकले चारवटै निर्वाचन क्षेत्रमा मतगणना शुरू गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी गराए । पछिल्लो विवरण पर्सा २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा नेपाली काँगेसका श्याम पटेलले अग्रता लिएका छन् भने उनलाई जसपाका रामनरेश यादवले पछ्याइरहेका छन् । प्रतिनिधि सभातर्फ पर्सा १ मा जसपाका प्रदिप यादव, लोसपाका लक्ष्मणलाल कर्ण र स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीबीच प्रतिस्पर्धा भइरहेको छ । पर्सा क्षेत्र नं २ मा जसपाका सुरेन्द्रप्रसाद कुर्मी र काङग्रेसका अजयकुमार चौरसिया,राप्रपाका नरेशकुमार साहबीच मतान्तर देखिएको छ । क्षेत्र नं. ३ मा एमालेका राजकुमार गुप्तालाई कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले पछ्याइरहेका छन् भने क्ष्Fेत्र नं. ४ मा काङग्रेसका रमेश रिजाल र एमालेका जालिम मियाँँ वीच कडा प्रतिस्पर्धा देखिएको छ ।
Facebook Comments Box

ताजा खबर

संयुक्तराष्ट्र संघका महासभाअध्यक्ष एवं सांसद ढकालबीच अमेरिकामा भेटघाट

काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका...
- Advertisement -spot_img

सम्बन्धित खबर