रौतहट, २५ कात्तिक । रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले जानकारी दिए ।
बरामद नोट एक हजार दरका छन् । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय