spot_img

वीरगंजबाट फलास खेल्ने पांचजना ९३ हजारसहित पक्राउ

वीरगंज, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय, पर्साले जुवा खालबाट जुवा तास खेल्ने पांचजनालाई पक्राउ गरेको छ । कात्तिक १३ गते रातिको समयमा वीरगंज महानगरपालिका वडा न.८ गहवास्थित रमेश खड्गीको खाजा नास्ता र मदिरा समेत खानपीन गर्ने होटलमा फलास खेलीरहेका पांचजनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । जि.प्र.का. पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले फलास खेलिरहेको अवस्थामा ९३ हजार एक सय पचास रुपियाँ र एक सेट तास सहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । प्रहरीले वीरगंजका विभिन्न वडामा बस्ने अशोक कुमार कानु , दिप लाल चौरसिया, अर्जुन तुरहा, सानु शाही र रमेश खड्गी रहेको र उनीहरुलाई कानूनको रीत पुरयाई अनुसन्धान भैरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन...

जन्ती गइरहेका दुईजना युवकको मृत्यु

spot_img