spot_img

spot_img

ट्राफिक प्रहरीद्वारा सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य परीक्षण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ कात्तिक । सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य, सवारी साधनको परीक्ष्Fण तथा सचेतना कार्यक्रम आइतवार जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा सम्पन्न भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्ष्Fा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले शनिवार शुरु गरेको कार्यक्रमको समापन जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल रहेका थिए । अमलेखगंजको आयल निगम अगाडि गरिएको चालकहरुको स्वास्थ्य परीक्ष्Fणमा ५८० वटा बस, माइक्रो र सुमोको यान्त्रिक परीक्षण गर्दा ३ वटा सवारी साधनमा कमी देखिएपछि ग्यारेज पठाइएको थियो । यसैगरी ४७ वटा सवारी साधनबाट बत्ती हटाइएको, ५५९ जना सवारी चालकको स्वास्थ्य परीक्षण, मापसे चेकजाँच गर्दा ३७ जनामा उच्च रक्तचाप र मधुमेह देखिएको थियो । त्यस्तै तीनजना चालकले मापसे गरेका थिए, १८१ जनाको आँखा चेकजाँच गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताइन् । परीक्ष्Fण कार्यक्रममा ट्राफिक प्रहरी, एमभी दुगड अटोमोबाइल्सका मेकानिकल , बयोधा अस्पताल वीरगंजका स्वास्थ्यकर्मी, नेपाल आँखा अस्पताल औराहाका स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको सूचना अधिकारी लक्ष्मी भण्डारीले बताइन् ।

Facebook Comments Box

ताजा खबर

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ, २९ पुस : आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा...
- Advertisement -spot_img

सम्बन्धित खबर