राजस्व अनुसन्धानले बार्गेनिङ गरेर व्यवसायीलाई दुःख दियो–सांसद यादव

वीरगंज जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले राजस्व अनुसन्धान विभागले व्यापारीलाई दुःख दिएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले मन्दीका कारण व्यापार व्यवसाय चौपट भएका बेला राजस्व विभागले अनावश्यक रुपमा छापा मारेर दुःख दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । ‘मन्दीका कारण वीरगंजसहित देशभर व्यापार चौपट भएको छ । […]
रेखाले किन लगाउछिन् सधैं साडी ?

एजेन्सी,मुम्बई बलिउडकी दिग्गज अभिनेत्री रेखा ६८ वर्षकी भइसक्दा पनि सुन्दरतामा कुनै कमी देखिँदैन । अहिले पनि उत्तिकै अनुहारमा चमक र फिट देखिन्छिन् । तर रेखाले आफ्नो पहिरन भने सधैं एउटै खालको गर्छिन् । जो उनलाई सुन्दर पनि देखिन्छन् । तपाईंलाई पनि उनले सधैं साडी नै किन लगाउँछिन् भन्ने लाग्छ होला । सधैं साडी लगाउने विषयलाई […]
पत्रकार नेहाल खान दम्पति अस्वस्थ,सहयोगको लागि अपिल

वीरगंज पर्साका एक समयका चर्चित पत्रकार नेहान खान र निजको श्रीमति हजरा खातुन अस्वस्थ भएका छन् । ५५ वर्षिय पत्रकार खान ‘पोस्ट कोभिड’को कारण फोक्सोमा गडबडी हुदाँ अस्वस्थ् र निजकी ४५ वर्षिया पत्नी खातुन स्तन क्यान्सबाट ग्रसित भएकी छन् । पछिल्लो ६ महिनादेखि दुबै जना विरामी पर्दा सो परिवार अहिले समस्यामा परेको छ । हाल […]
पर्सामा स्वास्थ्य समिक्ष गोष्ठीःकुन पालिका अबल ?

वीरगंज स्वास्थ्य कार्यालय पर्साले वीरगंजमा दुई दिने जिल्ला स्तरीय स्वास्थ्य सम्बन्धी वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । क्लासिक बंक्यूट घण्टाघर वीरगंजमा आयोजित गोष्ठीको उदघाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले गरेका थिए भने समापन जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पूरनप्रसाद कुर्मीलेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सो गोष्ठिको समापन आज भएको […]
जीतपुरसिमराका पूर्वमेयर पौडेलको मृत्युबारे प्रहरी अनुसन्धानले के भन्छ ?

वीरगंज, २६ असोज । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका पूर्वमेयर डा. कृष्ण पौडेलको मृत्यु कसरी भयो भन्ने विषय अहिले सर्वत्र चासो बन्न पुगेको छ । बारा प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरमा पूर्वमेयर पौडेल केही समययता एक्लै बस्दै आएका थिए । श्रीमतीसंगै बाहिर गएका पौडेल घरमा एक्लै फर्केको प्रहरी अनुसन्धानबाट खुलेको छ । […]
वीउवासंघद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

वीरगञ्ज, २६ आश्विन । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्नु भएको छ । भेटघाटका क्रममा अध्यक्ष अग्रवालले व्यवसायीहरुले भोगिरहेको समस्याका बारेमा ध्यानार्षण गराउनु भयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्रवालले हाल वीरगञ्ज लगायत पर्सा बारा क्षेत्रमा अवस्थित उद्योग व्यापारमा आएको समस्या र व्यवसायीक कठिनाईहरुका बारेमा ध्यानाकर्षण गराउनु […]
श्री ३ चन्द्र माविमा अनियमितता गर्न गैरकानूनी समिति गठन भएको अभिभावकहरूको आरोप

वीरगंज, २६ असोज । कलैया उपमहानगरपालिका–१ स्थित श्री ३ चन्द्र माविको विद्यालय व्यवस्थापन समिति गठनमा अनियमितता भएको छ । विद्यालयमा आर्थिक अनियमितता गर्नको लागि विव्यस गठन भएको अभिभावकहरूको आरोप छ । गत भदौ ५ गते अभिभावक भेला बोलाइएकोमा सीमित अभिभावकहरूको सहभागितामा हरिओम साह सोनारको अध्यक्षतामा विव्यस गठन भएको थियो । केही अभिभावकहरूले गैरकानूनीरूपमा विव्यस गठन […]
जितपुरसिमराका पूर्व मेयर डा. कृष्ण पौडेल घरमै मृत भेटिए

वीरगन्ज २५ असोज। जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा. कृष्ण पौडेल आज आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेर हेर्दा उनी मृत अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको हो । तीनदेखि घरबाट बाहिर ननिस्किएको भनी आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको बाराका प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताए । प्रहरीको टोली […]
भारत जान लागेका पाँचजना नाबालिकासहित एकजना युवक पक्राउ

वीरगंज, २६ असोज/ भारत, रक्सौल जाने तयारीमा रहेका पाँचजना नाबालिकासहित एकजना युवकलाई जिल्ला प्रहरी कार्यालय, बाराले वीरगंजको रानीसति धर्मशालाबाट पक्राउ गरेको छ । असोज २२ गते साँझ करैयामाई गाउँपालिका– १ हरैया गाउँबाट हराएका पाँचजना नाबालिकाहरुका अभिभावकले प्रहरीलाई जानकारी गरेपछि प्रहरीले खोजीको क्रममा उनीहरुलाई वीरगंज महानगर–६ स्थित राणीसति धर्मशालाबाट उद्धार गरिएको जिप्रका, बारा प्रहरीका प्रवक्ता प्रहरी […]
एमालेको मधेश प्रदेशमा नेतृत्वका लागि चार आकांक्षी

धनुषा, २५ असोज ः नेकपा (एमाले)को प्रथम मधेश प्रदेश अधिवेशन बुधबारदेखि जनकपुरधाममा सुरु भएको छ । उक्त प्रदेशमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकांक्षा देखाउनुभएको छ । वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएकाले उहाँ अध्यक्षमा दोहोरिन नपाउने पार्टीको निर्णयअनुसार अन्य नेता […]