एसिसी प्रिमियर कप क्रिकेट ः नेपालले इरानलाई हरायो

काठमाडौँ, २५ असोज ः उन्नाइस वर्षमुनि एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेकोे हो । जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा […]
फतुवा विजयपुरका मेयर भ्रष्टाचारी ठहर, १५ लाख जरिवाना, तीन वर्ष कैद

रौतहट,२५ असोज । रौतहटको फतुवा विजयपुरका मेयर गोपाल राय यादवलाई विशेष अदालतले ३ वर्ष कैद र १५ लाख जरिवाना तोकेको छ । उनी लालबकैया नदीको टेन्डरमा भ्रष्टाचार गरेको ठहर भएका थिए । विशेष अदालतले निलम्बित मेयर यादवलाई ३ वर्ष कैद र १५ लाख रुपियाँँ जरिवानाहसने सजाय सुनाएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ जना […]
जबरजस्ती करणीको आरोपमा आलम पक्राउ

वीरगंज, २५ असोज । जबरजस्ती करणीको आरोपमा पर्सा जिल्लाबाट कैद सजाय भएपछि फरार भएका एकजनालाई इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक रामराजा केशरीले जीराभवानी गाउँपालिका वडा नं.१ बस्ने १९ वर्षीय शैयद दिलसाद आलमलाई घरबाट पक्राउ गरेको जनाएको छ । २०७९/०३/१८ गते एकजना नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा जिल्ला अदालत बाट […]
विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा जाँच शिविर

वीरगंज, २५ असोज । विश्व दृष्टि दिवसको अवसरमा ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको हो । आज बिहान ९ बजेदेखि शुरू भएको शिविरमा ३८ जनाको आँखा चेकजाँच गरिएकोमा १३ जना मोतिबिन्दुका बिरामी भेटिएको शिविरमा सहभागी […]
दशैं नजिकिंदै गएपछि ट्राफिक चेकजाँच तीव्र

वीरगंज, २४ असोज । चाडबाड नजीकिंदै जाँदा पर्सा–बारामा ट्राफिक चेकजाँच तीव्र बनाइएको छ । पर्साको सदरमुकाम वीरगंजको सुक्खा बन्दरगाह, पावरहाउस, घण्टाघर, रजतजयन्ती चोक, बसपार्क क्षेत्र, गण्डक, परवानीपुर, बाराको सदरमुकाम कलैया आसपास नितनपुर, सिमरा, पथलैया, निजगढलगायत क्षेत्रमा पर्सा–बाराको ट्राफिक प्रहरीले चेकजाँच तीव्र बनाएका हुन् । हलुकादेखि भारी सवारीसाधन ट्रक, टिपर, बस, मिनीट्रक, टाटासुमोलगायतका गाडीहरूको चेकजाँचमा कडाइ […]
मानसिक स्वास्थ्य दिवसको अवसरमा सचेतना कार्यक्रम

वीरगञ्ज, २३ असोज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा वीरगञ्जमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा वीरगञ्ज महानगरपालिका र वीरगञ्ज नसिंङ्ग क्याम्पसको सयुक्त आयोजनामा घण्टाघर चोकमा मानसिक स्वास्थ्य सम्बन्धमा तयार पारिएको सडक नाटक सहित सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय मानसिक स्वास्थ्यका बिरामीहरु बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य […]
वीरगंजका बाल सामाजिक अभियन्ता शरणलाई अन्तर्राष्ट्रिय अवार्ड

वीरगंज, २३ असोज । वीरगंजका एकजना बाल अधिकारकर्मी शरण गुप्ताले अन्तर्राष्ट्रिय पुरस्कार पाउने भएका छन्। अक्टुबर १७ का दिन भारतको मुम्बईमा आइक्यान इन्टरनेशनल कम्पनीले आयोजना गर्ने विभिन्न विधाका पुरस्कारमध्ये शरण गुप्तालाई ‘इन्टरनेशनल योङ्गेस्ट सोसल एक्टिभिस्ट’ले पुरस्कृत गर्ने भएको छ। गुप्ता १७ वर्षका छन्। उनी इम्प्रुभिङ वीरगंजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि हुन्। १० वर्षको उमेरदेखि […]
श्री ३ चन्द्र माविको विव्यस गठनविरुद्ध अदालतको अन्तरिम आदेश

वीरगंज, २३ असोज । बारा, कलैया–१ स्थित श्री ३ चन्द्र माविमा गठन भएको विद्यालय व्यवस्थापन समितिको विषयमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले असोज ८ गते सो समिति नियमविपरीत गठन भएकोले कारण देखाउ अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। उच्च अदालतका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश […]
इजरायलमा मृत्यु भएका आनन्दको शव माग गर्दै चक्काजाम

धनुषा, २२ असोज । इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणमा परी निधन भएका धनुषाको लक्ष्मीनिया गाउँँपालिका –४, सपहीका २२ वर्षीय आनन्द साहको शव माग गर्दै धनुषाको सपहीमा चक्काजाम गरिएको छ । शवको माग गर्दै आक्रोशित स्थानीयवासीले सोमवार बिहान ९ बजेदेखि ढल्केबर–जनकपुर सडकखण्डको सपही चोकमा चक्काजाम गरेका छन् । स्थानीयवासीले मोटरसाइकल र एम्बुलेन्सलगायत अति आवश्यक सावरीबाहेक […]
पूनम सर्राफ हत्या प्रकरणः चोरी गर्न गएका इमरानको संलग्नता

राधेश्याम पटेल वीरगंज पर्सा,वीरगंजको पूनम देवी सर्राफको हत्या प्रकरणको सम्बन्धमा आज पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत घटना बारे जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा अपरान्ह ५ बजे सम्पन्न पत्रकार सम्मेलनमा भारत,विहार,जिल्ला सितामढी नरहा ग्राम पञ्चायत स्थायी घर भई हाल वीरगंजमा–१ बजारछपकैयामा बस्दै आएकी पूनमको हत्यामा निजकै एक जना छिमेकी यूवकको संलग्नता रहेको […]