neelamb

तस्करी धान समातेर सशस्त्र प्रहरीले गाउँलेहरुलाई लुटन दिए

वीरगंज, २२ कात्तिक ।
सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयको निर्देशनमा सशस्त्र प्रहरी भिस्वा बन्जारीका सशस्त्र प्रहरी निरीक्षक छविदर लामी नेतृत्वको टोलीले नियन्त्रणमा लिएको भारतबाट भित्रिएको एक ट्याक्टर धान छिपहरमाई गाउँपालिकाको भेडिअर्वा टिउकीमा स्थानीयहरूले लुटेको समाचार छ ।
भारतको वसन्तपुर नाकासँग जोडिएको पर्साको भेडिअर्वा नाका भएर बुधवार बिहान भित्रिएको ट्याक्टरमा लोड धान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयहरूले सशस्त्र प्रहरीकै उपस्थितिमा लुटेर आआफ्नो घरमा लिएर गएका थिए । सशस्त्र प्रहरीले स्थानीयलाई नियन्त्रणमा लिन भने सकेन तर धान लुटिएको ट्याक्टर नियन्त्रणमा लिएको छ । धान लुटिएको क्षेत्र पर्साको सशस्त्र प्रहरी बल बिओपी मिर्जापुर अन्तर्गत पर्छ र त्यहाँको इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक केशव सुवेदी छन् । सप्रनि सुवेदीको क्षेत्रबाट धान बरामद भएपछि उनीमाथि तस्करी गराएको आरोप लाग्ने भयले सशस्त्र प्रहरीको अघोषित समर्थनमा स्थानीयले धान लुटेको आरोप लागेको छ ।
घटना छानबीनका लागि पुगेका सशस्त्र प्रहरी सबैठवाका सशस्त्र प्रहरी नायब उपरीक्षक लाल सिंहले सशस्त्र प्रहरीको टोलीले धानसहितको ट्याक्टरबारे सूचना पाएर गएको तर एकजनाको घरमा सो ट्याक्टर रहेको र टोली जानुअघि नै ट्याक्टरबाट धान अनलोडिङ भइसकेकोले रित्तो ट्याक्टर नियन्त्रणमा लिएर मिर्जापुरमा राखिएको बताएका छन् । सप्रनाउ सिंहले ट्याक्टरको कागजपत्र माग गरिएको र सो कागजपत्र लिएर अहिलेसम्म कोही पनि नआएको बताए । सशस्त्र प्रहरी बिओपी मिर्जापुरबाट धान र गहुँको तस्करी हुने गरेको आरोप छ ।
घटनाबारे बुझ्नका लागि सप्रनि सुवेदीलाई मिर्जापुरबाट सशस्त्र प्रहरी गण नं १३ वीरगंज हेडक्वार्टरमा तानिएको छ र सो ठाउँमा आजै कपिल गिरीलाई पठाइएको सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कर्माचार्यले बताए । उनले धान लुटिएको कुरा आएकोले सो बारेमा बुझ्नका लागि सप्रनि सुवेदीलाई बोलाएको र घटनाको अनुसन्धानपछि मात्र थप कुरा बताउन सकिने बताए । स्रोतका अनुसार सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय प्रमुखसमक्ष गुनासो गएको र सोही आधारमा भिस्वा बन्जारीका सप्रनि लामी नेतृत्वको टोलीलाई आज बिहान मिर्जापुरमा खटाइएको थियो । यस प्रकारको घटना हालै केही महीनाअघि बारामा घटेको थियो, जसमा अनुसन्धानपछि सशस्त्र प्रहरीका स्थानीय प्रमुखको इशारामा सशस्त्रले बरामद गरेको धान स्थानीयले लुटेको पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

सेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

वीरगन्ज महानगरद्वारा मदिरा ब्यबसायको अनुगमन

neelamb