neelamb

कात्तिक १८ गतेदेखि वीरगंज गोल्डकप प्रतियोगिता हुने

वीरगंज, १६ कात्तिक/
शनिवार कात्तिक १८ गतेदेखि प्रथम वीरगंज गोल्डकप प्रतियोगिता वीरगंजको आदर्शनगर रङ्गशालामा हुने भएको छ ।
आज भेट्रान्स सिटी क्लब वीरगंजले पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
क्लबका महासचिव पंकज श्रेष्ठले मधेस प्रदेशकै सर्वाधिक धनराशिको प्रतियोगिता वीरगंज गोल्डकप कात्तिक १८–२५ गतेसम्म हुने बताए । उनले प्रथम हुने टीमलाई ११ लाख ११ हजार १ सय, दोस्रो टीमलाई ५ लाख ५ हजार ५५५ सहित मेडल, शिल्ड, प्रमाणपत्र दिइने बताए । प्रतियोगितामा सङ्कटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिआई, चर्च, ब्वाइज युनाइटेड र एएफसी गरी आठवटा टीम सहभागी हुने बताए । वीरगंज महानगरपालिकाले २५ लाख सहयोग गरेको प्रतियोगिताको सहप्रायोजकहरुमा जगदम्बा सिमेन्ट, पर्सा फूटबल सङ्घ, क्रिएटिभ वल्र्ड डिजिटल, आरएस लोजिस्टिक एन्ड सपिङ र गौतम मावि रहेको बताए । ८० लाख खर्च हुने प्रतियोगिताको लागि रु १ सय र एक हजार टिकटको व्यवस्था गरिएको बताए । क्लबका अध्यक्ष सविन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सागर राणा, सल्लाहकार रोशन गुप्ता, मिडिया संयोजक तिवारी यादवलगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

सेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

वीरगन्ज महानगरद्वारा मदिरा ब्यबसायको अनुगमन

neelamb