neelamb

गुणस्तरहीन हार्पिक, मोबिल र एसिड बनाउने उद्योगमा छापामारी

वीरगंज, १३ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय, बाराले गुणस्तरहीन हार्पिक र अनुमति नै नलिई मोबिल र एसिड बनाउने बनाउने कारखानामा छापामारी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
बाराको कलैया उमनपा वडा न. ३ मा बस्ने सीताराम प्रसाद साहले वडा नं. ४ मा सञ्चालन गरेको शुरुती केमिकल उद्योगमा छापामारी गरेको थियो । सो उद्योगबाट गुणस्तरहीन हार्पिक र अनुमतिप्राप्त नगरी मोबिल र एसिड उत्पादन गरेको आरोपमा साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।
उनको उद्योगबाट हार्पिक, मोबिल र एसिड बनाउने विभिन्न केमिकल, मेशिन र भाडाहरु नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb