neelamb

वडाध्यक्षलाई महर्जनलाई कुटपिट गर्ने असईलाई कारबाहीको माग

वीरगंज, १० कात्तिक/
वीरगंज महानगरपालिका–७ का अध्यक्ष हीराकाजी महर्जनलाई मुक्का प्रहार गरी कुटपिट गरेका नगवा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रवीन्द्र साह तुराहालाई कारबाईको माग गरिएको छ ।
वडाध्यक्ष महर्जनसँगै वीरगंज मनपाका आठवटा वडाका अध्यक्ष एवं कार्यपालिका सदस्यहरूले बुधवार रामटोल हनुमान मन्दिरस्थित दुर्गापूजा समितिको पण्डालमा पत्रकार सम्मेलन गरी कारबाईको माग गरेका हुन् ।
गत कात्तिक ५ गते अष्टमीको राति ११ः३० बजे दुर्गापूजा स्थलमा सांस्कृतिक कार्यक्रम गर्ने विषयमा विवाद हुँदा सुरक्ष्क्षकर्मीहरूले लाठीचार्ज गर्नुका साथै प्रनानि तुराहाले वडाध्यक्षलाई कुटपिट गरेका थिए । तुराहाको मुक्का प्रहारबाट वडाध्यक्ष महर्जनको बायाँ आँखामा गम्भीर चोट लागेको छ । आफू खाना खाएर घरमा सुतिरहेको बेला राति ११ बजे पर्सा प्रहरीका विभिन्न युनिटले कार्यक्रममा हस्तक्षेप गरेपछि टोलवासीले वडाध्यक्ष महर्जनलाई प्रशासनलाई मनाउन आग्रह गरेका थिए ।
उनी कार्यक्रम स्थल पुगेर सुरक्ष्Fाकर्मीका इन्चार्जहरूलाई आग्रह गरेका थिए । तर आप्mनो आग्रहलाई बेवास्ता गर्दै प्रहरीले आफूलगायत सर्वसाधारण र भक्तजनहरूमाथि लाठीचार्ज गरेको र सोही क्रममा आफूमाथि पनि प्रहरीले ज्यादती गरेको उनले जानकारी गराए ।
कुटपिटसँगै प्रहरीले मापसे गरेको भन्दै वडाध्यक्षसहित तीनजनालाई रातभरि थुनामा राखेर बिहान १० बजे रिहा गरेको थियो ।
सोही घटनालाई लिएर वीरगंज मनपाको कार्यपालिका बोर्डले दोषी प्रहरीमाथि छानबीन र आवश्यक कारबाईको माग गरेको छ । नेपाली काङ्ग्रेसबाट वडाध्यक्ष भएकाले नेकाबाट पनि कारबाईको माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

सेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

वीरगन्ज महानगरद्वारा मदिरा ब्यबसायको अनुगमन

neelamb