वीरगंज, ९ कात्तिक ।
वीरगंज महानगर–१४ बहुअरी मुस्लिम टोलमा गत पूलपातीको राति एकजना महिलाको विभत्स हत्या भएको छ । सोही टोलका इजहारूल हक अन्सारीले २८ वर्षीया कान्छी पत्नी महिमा खातुनको छुरा प्रहार गरी हत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।
विवाह भएको १० वर्षदेखि दुवैजना र जेठी सौता सँगै बस्दै आएका थिए । जेठी पत्नीको कोखबाट सन्तान नभएपछि इजहारूलले बारा, कलैया उपमहानगरपालिका–५ घुसुकपुरकी महिमासँग दोस्रFे विवाह गरेका थिए । तीन वर्षसम्म सम्बन्ध ठीक थियो । जब कान्छी पत्नीबाट एकजना छोरीको जन्म भयो र त्यसको तीन वर्षपछि अर्को छोरा जन्मेपछि दुवैबीच मनमुटाव शुरू भयो ।
जेठी पत्नीले दुबैबीच झगडा बढाउने गरेको महिमाको माइती पक्ष्Fको आरोप छ । त्यसपछि महिमा राधेमाईमा ब्युटीपार्लर खोलेर बसेकी थिइन् । साथै पतिमाथि अंशको मुद्दा पनि अदालतमा चलिरहेको थियो । पति–पत्नीको झगडालाई लिएर कतिऔं पटक जिल्ला प्रहरी कार्यालय, पर्साको महिला सेल र स्थानीय भद्रभलाद्मीबीच पञ्च पनि भएको वीरगंज–१४ का वडाध्यक्ष्F महबूब एलाही अन्सारीले बताए । उनले बढेको विवादकै कारण उक्त दुःखद् घटना भएको बताए । घटनामा संलग्न इजहारूल अन्सारी र उनको जेठी पत्नी नूरजहाँ खातुनलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । महिमाको माइती पक्षका अनुसार उक्त घटनामा महिमाको ससुरा र सासुको समेत संलग्नता रहेको आरोप लगाएका छन् । यी दुवैजना फरार छन् ।
कात्तिक ४ गते पूmलपातीको राति ८ः३० बजे घरमै इजहारूलले तीनपटक महिमामाथि छुरा प्रहार गरेका थिए । त्यसपछि घाइते महिमा भाग्दै दिदीको घरमा पुगिन् । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पतिले धारिलो छुराले पाँच पटक प्रहार गर्दा उनको शल्यक्रिया गरी वीरगंज हेल्थकेयरमा उपचार गर्दा पनि ज्यान बचाउन सकिएन । महिमा र इजहारूलको साढे तीन वर्षीया छोरी र नौं महीनाको छोरा अहिले महिमाको दिदीको घरमा आश्रय लिएका छन् ।