neelamb

अन्यत्र ठाउँमा नगरसभा भएको विरोधमा प्रदर्शन

बारा, ३ कात्तिक ।
बाराको सिम्रौनगढ नगरपालिकाका उपमेयरसहित केही वडाध्यक्ष र वडासदस्यहरु आन्दोलनमा उत्रिएका छन् । तोकिएको समय र स्थानमा पूर्व सूचना अनुसार सिम्रौनगढ नपाको नगरसभा नभई अन्यत्र भएको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
तोकिएको स्थानमा उपस्थित भएका उपमेयर नजबु नेसासहित केही वडाध्यक्ष्Fहरु मेयरको बाटो कुरिरहेका थिए तर मेयरलगायत अन्य समूहले अन्यत्र ठाउँमा नगरसभा भएको कुरा फेसबूकमार्फत थाहा पाएपछि उनीहरु आन्दोलनमा उत्रिंदै प्रदर्शन गर्दै नगरसभा भएको स्थानमा पुगेका थिए । प्रदर्शनकारीहरुले नगरपालिकामा तालाबन्दी गरी मुख्यमन्त्री सरोजकुमार यादव र मेयर किशोरीप्रसाद कलवारको पुतला जलाएका छन् ।
प्रदर्शनको क्रममा उनीहरुले मुख्यमन्त्रीले नपामा हस्तक्षेप गरेको आरोप लगाए ।
सिम्रौनगढ नपाका शिक्षा, स्वास्थ्य, कृषि शाखाका कर्मचारीहरु तलबभत्ताको माग गर्दै असोज ३० गतेदेखि नपामा धर्ना दिंदै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

सेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

वीरगन्ज महानगरद्वारा मदिरा ब्यबसायको अनुगमन

neelamb