neelamb

सर्वोच्चले बजेट रोकेपछि सांसदहरु दशैंमा गाउँ जान छाडे

वीरगंज, ३० असोज/
पर्सा र बाराका निर्वाचित प्रदेश तथा सङ्घीय सांसदहरू यसपटक दशैंं–तिहारको बेलामा आफ्नो क्षेत्रमा नपुगेपछि मतदाताहरूले गुनासो गर्न थालेका छन् । गत वर्ष प्रदेश तथा सङ्घीय सांसदहरू आआफ्ना निर्वाचित क्षेत्रमा पुगी दशैं, तिहार, छठको शुभकामना आदानप्रदान गर्न मतदाताहरूको घरघरमा पुगेका थिए भने यसपटक दशैं शुरू भइसक्दा पनि सङ्घीय तथा प्रदेश सांसदहरूले गाउँमा न त सार्वजनिक कार्यक्रम गरेर शुभकामना कार्यक्रम गरेका छन्, न त मतदातासँग फराकिलो तरीकाले भेटघाट गरेका छन् । कतिपयले मोबाइल स्वीच अफ गरेका छन् र भने कतिले नयाँ नम्बरबाट फोन प्रयोग गरिरहेका छन् ।
यसो गर्नुको प्रमुख कारण बजेट विनियोजन नहुनु हो । सर्वोच्च अदालतले सङ्घीय तथा प्रदेश सांसदहरूको क्ष्Fेत्रगत बजेटमा रोक लगाएपछि अहिले आफूहरूको यो अवस्था भएको एकजना प्रदेश सांसदले बताए ।
चाडपर्वलक्षित जनपक्षीय कार्यक्रमहरू गर्दै आएका सङ्घीय तथा प्रदेश सांसदहरूलाई अहिले जनतासमक्ष्F गएर चाडपर्व लक्षित कार्यक्रम गर्न समस्या भएको छ । सङ्घीय तथा प्रदेश सांसदहरूको बजेट रोकिएपछि उनीहरूका कार्यकर्ता पनि पातलिएका छन् । बिहानदेखि बेलुकासम्म हाजिर बजाउने कार्यकर्ताहरूको सङ्ख्यामा अहिले उल्लेख्य कमी आएको छ ।
चाडपर्वको बेला गाउँ, क्षेत्र घुम्दा नगद खर्च हुन्छ, गाउँगाउँमा भइरहेका पूजामा सहयोग गर्नुपर्ने भएकोले घरमैं लुकेर बस्नुपरेको एकजना सांसदले बताए ।
निर्वाचनताका गरेको खर्चको ऋण तिर्न नसकेको बेलामा बजेट रोक्का भएपछि जनतासमक्ष कसरी जाने उनले दुःखेसो पोखे ।
गत वर्षसम्म सङ्घीय सरकारका सांसदले रु पाँच करोड तथा प्रदेश सांसदले रु तीन करोड संसदीय बजेट बर्सेनि खर्चिरहेका थिए । त्यस बजेटले आफ्ना मतदाताहरूको चाहना अनुसार काम गर्दै आएका थिए तर अहिले बजेट रोक्का भएपछि केही गर्न सकेका छैनन् ।
पर्सामा चारजना सङ्घीय र आठजना प्रदेश सांसद छन् । उनीहरूले विभिन्न मन्त्रालयबाट जेनतेन गरी ल्याएको बजेट स्थानीय तहमा पुग्ने गरेको र त्यो बजेटको खटपटन स्थानीय तहका अधिकारीहरूले गरिरहेकाले पनि सांसदहरूको गोजी अहिले रित्तो रहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb