neelamb

घटस्थापनाको पहिलो दिन विभिन्न धार्मिक कार्यक्रम

वीरगंज, २८ असोज/
विजयादशमीको शुभारम्भ दिवस घटस्थापना तथा शारदिय नवरात्रिको प्रथम दिवस महादुर्गा भगवतीको प्रथम अवतार माता शैलपुत्रीको उपासनाको लागि आज पर्सा, बारालगायत विभिन्न स्थानमा कलशयात्रा, जमरारोपण लगायत कार्यक्रम शुरु भएको छ ।
यसैबीच ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले शुभकामना आदान प्रदान एवं जमरारोपण कार्यक्रम सुसम्पन्न भएको छ ।
विश्वदर्शन भवन छपकैयाकी मुख्य सञ्चालिका ब्रह्माकुमारी बेली दिदीको अभिभावकत्व तथा संविधान सभा सदस्य बलवीर प्रसाद चौधरीको मुख्य आतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्षहरु बैजु स्वर्णकार, प्रदिप चौरासीया, अवधेश कुशवाहालगायतको सहभागिता थियो ।
कार्यक्रममा सहभागीहरुले विजयादशमी असत्य अन्धकार दुर्गणमाथि क्रमशः सत्य प्रकाश र दैविगुणको विजयको महान उत्सव भएको बताएका थिए ।
सहभागीले कलशमा जौं र गहुँ को बिजारोपण गरेका थिए । ब्रह्माकुमारी सरस्वती, ब्रह्माकुमार छोटेलाल, गोवर्धन ब्रह्माकुमार गोकुल, आनन्द लगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb