neelamb

नेपालको फूटबलको विश्वकप कति कठिन ?

काठमाडौं
फिफा विश्वकप एसिया प्रारम्भिक छनोट–१ अन्तर्गत घरेलु मैदानमा नेपाल लाओससँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्‍वरस्थित दशरथ रंगशालामा बिहिबार नेपाल र लाओसले १–१ गोलको बराबरी खेले । पहिलो हाफमा लाओसले अग्रता बनाएको थियो । ३३ औं मिनेटमा नेपालको डिफेन्सलाई चिर्दै बम्पचाङ बउन्कोनले गोल गरे । दोस्रो हाफको सुरुमा अञ्जन विष्टले बराबरी गोल फर्काए । उनले खेलको ४७ औं मिनेटमा गोल गरेका हुन् । यो नेपालका लागि उनको १३ औं गोल हो। योसँगै उनले हरि खड्का र निराजन रायमाझीको नाममा रहेको नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । अञ्जनले नेपाली सिनियर राष्ट्रिय टोलीबाट उनले चाइनिज ताइपेइविरुद्ध ३, बंगलादेशविरुद्ध ४ तथा लाओस, इराक, भारत, श्रीलंका, कुवेत र पाकिस्तानविरुद्ध १÷१ गोल गरेका हुन् ।

बिहिबारको बराबरीसँगै छनोटको दोस्रो चरणमा पुग्ने टोलीको टुंगो लाओसमा लाग्नेछ । यी दुईबीचको अर्को खेल असोज ३० गते लाओसको न्यु लाओस नेसनल स्टेडियममा हुनेछ । एसियाली फुटबल महासंघ (एएफसी) का अनुसार प्रारम्भिक छनोटका विजेता १० टोलीले विश्‍वकपको प्रारम्भिक छनोट–२ खेल्नेछन् । यसका लागि ९ वटा समूह निर्धारण भइसकेको छ । समूह ‘एच’ मा दुई टोली र बाँकी समूह ‘ए’ देखि आईसम्ममा एक एक देश पुग्नेछन् । लाओसलाई हराए नेपाल दोस्रो चरणमा समूह ‘एच’ मा पुग्ने छ । यूएई र बहराइनले स्थान बनाइसकेको समूह ‘एच’ मा यमन र श्रीलंकाबीचको विजेताले पनि खेल्नेछ। क्यानडा, मेक्सिको र अमेरिकामा हुने विश्‍वकपमा एसिया महादेशबाट ८ टोलीले स्थान बनाउने छन् । इन्टरकन्टिनेन्टल प्लेअफबाट अर्को एक देशको पनि सम्भावना जीवित रहन्छ । बिजमान्डुबाट सभार

 

Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb