वीरगन्ज २५ असोज। जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा. कृष्ण पौडेल आज आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेर हेर्दा उनी मृत अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको हो ।
तीनदेखि घरबाट बाहिर ननिस्किएको भनी आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको बाराका प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताए । प्रहरीको टोली घटनानस्थलमा पुग्दा उनी खाटको छेउमा घोप्टो परेको अवस्थामा मृत भेटिएको उनको भनाइ छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ । अहिले नै घटनाबारे ठोसरुपमा भन्न नसकिने बारा प्रहरीले जनाएको छ ।
२०७४ मा जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर बनेका डा. पौडेल लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय थिए । उनी स्थानीय हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत हुन् । छोरा र एक छोरीका पिता डा. पौडेल डुमरवाना बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत थिए ।