neelamb

श्री ३ चन्द्र माविको विव्यस गठनविरुद्ध अदालतको अन्तरिम आदेश

वीरगंज, २३ असोज ।
बारा, कलैया–१ स्थित श्री ३ चन्द्र माविमा गठन भएको विद्यालय व्यवस्थापन समितिको विषयमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले असोज ८ गते सो समिति नियमविपरीत गठन भएकोले कारण देखाउ अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। उच्च अदालतका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको जनाइएको छ।
श्री ३ चन्द्र माविको विद्यालय व्यवस्थापन समिति गठन एकलौटीरूपमा भएको र उक्त समिति गठनमा रीतपूर्वक पूरा गर्नुपर्ने प्रक्रिया पालना नभएको र समिति गठनमा अनियमिततासमेत भएको अदालतमा रिट परेको थियो। सोही रिटमाथि सुनवाइ गर्दै यस्तो आदेश जारी भएको हो।
अल्पकालीन अन्तरिम आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो, निवेदनको मागबमोजिम आदेश किन जारी नगर्नुपर्ने हो, कुनै आधार र सबुत प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र विपक्षीलाई वा आफ्नो कानून व्यवसायीबमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न आदेश गरिन्छ।”
सो विद्यालयको समिति गठनमा विपक्षीहरूको आपसी मिलेमतोमा अध्यक्ष्F एवं सदस्य शिक्षा नियमावलीविपरीत चयन भएका भनी अभिभावकहरूले रिट हालेका थिए। जस्तै, विद्यालय व्यवस्थापन समिति कार्यविधि अनुसार माविसम्मको पठनपाठन हुने विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनको लागि कम्तीमा कक्षा १२ वा सोसरह उत्तीर्ण भएको हुनुपर्ने भए तापनि हालै अध्यक्ष चयन भएका हरिओम सोनार कक्षा १२ उत्तीण नभएकाले उनी अयोग्य रहेको निवेदकको रिटमा दाबी गरिएको छ।
अदालतको आदेशमा गत भदौ ५ गतेको विद्यालय व्यवस्थापन समिति गठन निर्णयलाई जेजस्तो अवस्थामा छ कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको जनाइएको छ।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb