neelamb

पुनम देवीको हत्या प्रकरणः प्रहरी अनुसन्धान शुरु

वीरगंज, १९ असोज । वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयामा आज बिहान धारिलो हतियार प्रहारबाट पुनम देवीको हत्या भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोमा धारिलो हतियार प्रहार गरी पुनमको हत्या गरिएको प्रहरी स्रोतले जनाएको छ । पुनमको टाउकोमा ४–५ ठाउँमा गम्भीर चोट लागेको र धेरै रगत बगेर पनि जीवित अवस्थामा रहेको तथा नेशनल मेडिकल कलेजमा पु¥याउंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुनम घरमा एक्लै बस्दै आएकी थिइन् । उनको पति भारतको ग्वालियरमा काम गर्छन् भने छोरीको बिहे भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भारतकै दिल्लीमा छन् ।
जिउतिया पर्वका लागि बिहानै उनको घरमा बहिनी पुगेकी थिइन् । दिदीको घरमा बहिनी पुग्दा दिदीलाई ओछ्यानमा लडिरहेको अवस्थामा देखेपछि उनले गुहार मागिन ।
हल्लापछि नजिकै रहेका अन्य आफन्तहरू पनि घटनास्थलमा पुगे । त्यहीँ आफन्तहरूले भने प्रहरीलाई खबर गर्यो ।
प्रहरीलाई बिहान ४ बजे जानकारी आएको थियो । प्रारम्भिक अनुसन्धानमा पुनमको हत्या चिरपट वा धारिलो हतियार प्रहार गरी भएको प्रहरी स्रोतको भनाइ छ । पुनम देवीको हत्या राति १–२ बजे भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको तालीमप्राप्त कुकुरले अनुसन्धान गरिरहेको छ ।
यसअघि २ असोजमा जगरनाथपुरको मसिहानीमा कान्तिदेबी विनको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb