neelamb

आरती हत्या प्रकरण : पती र ससुरा साधारण तारेखमा रिहा

वीरगञ्ज असोज १९ । जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पति र ससुरा उच्च अदालत जनकपुरको आदेशमा रिहा भएका छन् ।
उच्च अदालत जनकपुरको आदेशमा पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडी साधारण तारेखमा रिहा भएका हुन् ।
मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले पति र ससुरालाई साधारण तारेखमा छोड्ने आदेश दिएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।
गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका – ९ थापा चोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले उनका पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।
दुवै जनामाथि असार १ गते जिल्ला अदालत धनुषामा सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यानको मुद्दा दर्ता गरेको थियो । त्यही मुद्दामा असार ५ गते जिल्ला अदालत धनुषाले पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
मृतक आरतीकी बुबाले विनोद साहले दिएको जाहेरीमा पति मोतीबाबु र ससुरा मदन मोहनले कर्तव्य ज्यान गरेको भन्ने कुरामा आधार प्रमाण नदेखिएको उच्च अदालतको ठहर छ । अदालत समक्ष पति र ससुराले आरोप इन्कार गरेको आदेशमा उल्लेख छ । उच्च अदालतले धनुषा जिल्ला अदालतबाट भएको आदेश बदर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

सेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

वीरगन्ज महानगरद्वारा मदिरा ब्यबसायको अनुगमन

neelamb