neelamb

पटेलनगर विद्यालयको अध्यक्षमा निरन्जन चयन

वीरगंज, १८ असोज/
वीरगंज–२१ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष निरन्जन पटेल सर्वसम्मत चयन भएका छन् । आज बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकले पटेललाई अध्यक्षमा चयन गरेको हो ।
समितिका सदस्यहरुमा पुरुष सदस्य ज्ञानेन्द्र पटेल, महिला सदस्य चैना देवी, दलित महिला सदस्य कविता देवी, शिक्ष्Fाप्रेमी कलावती देवी, चन्दादाता हिमालयन डिष्टिलरीका अमर पोखरेल, शिक्ष्Fक प्रतिनिधि विजयालक्ष्मी यादव, वीरगंज–२१ का अध्यक्ष राधाकृष्ण साह रौनियार, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद साह रहेका छन् ।
२०६१ सालमा स्थापना भएको सो विद्यालयमा नवनिर्वाचित अध्यक्ष पटेलको सक्रियतामा प्रदेश सरकारबाट २५ लाखको भौतिक पूर्वाधार निर्माण गरिएपछि उनलाई अध्यक्ष पदमा चयन गरिएको हो । यसअघि विद्यालय व्यवस्थपान समितिको सदस्य छनोट भए तापनि अध्यक्ष पदको लागि सहमतिमा विवाद उत्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb