neelamb

सामुदायिक विद्यालयमा छड्के अनुगमन, अनुपस्थित प्रअ र शिक्षकसँग स्पष्टिकरण माग

वीरगंज, १५ असोज वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको पठन पाठन चुस्त बनाउन छड्के अनुगमन पुनः सुरु गरेको छ ।
महानगरको शिक्षा समितिद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादवको नेतृत्वको टोलीले सोमबार वडा नं. १५ र १६ को २ वटा विद्यालयको छड्के अनुगमन गरेको हो ।
विद्यालयको नियमित पठन पाठनको अवस्था, बालबिकास देखि कक्षा ६ सम्मका विद्यार्थीहरुको दिवा खाजाको गुणस्तर, भौतिक पूर्वाधारको अवस्था र सरसफाइ युक्त वातावरण लगाएत समग्र बिद्यालयका अवस्थाका सूचकहरुमा छड्के अनुगमन गरिएको संयोजक यादवले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा वडा नम्वर १५ भिषुवामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा प्रधानाध्यापकसहित ४ जना र वडा नं. १६ को श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय शुक्रराजमा २ जना शिक्षक अनुपस्थित भेटिएका छन् । अनुपस्थित भेटिएका शिक्षकका साथै शुक्रराज आधारभुत विद्यालयका प्रधानाध्यापकको व्यवहार समेत अनुचित देखिएकाले उनलाई पनि स्पष्टिकरण माग गरिएको छ ।
२४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिइएको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेले बताउनुभयो । महानगरले यस अघि पनि अनुगमनलाई तिब्रता दिएको थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर चुस्त बनाउन अनुगमनलाई निरन्तरता दिने संयोजक यादवले बताउनुभयो ।
अनुगमनमा वडा नम्वर ३० का वडा अध्यक्ष मनोज यादव, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायत रहनु भएको थियो ।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb