neelamb

बाल सुधार गृह, वीरगंजबाट दुर्ईजना बाल कैदी फरार

वीरगंज, १२ असोज । वीरगंजको बिर्तास्थित बाल सुधार गृहबाट दुर्ई जना बालकैदी फरार भएका छन् ।
शुक्रवार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएको सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए ।
सुधार गृहको छतमा लगाइएको काँडेतार काटेर उनीहरू नजीकै रहेको मेडिकल क्लिनिकको छतमा गई त्यहाँबाट हाम फालेर भागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
गत भदौ २६ गते बाल सुधार गृहमा बालकहरूबिच विवाद भई झडप हुँदा ३ प्रहरी र ११ जना बालकहरू घाइते भएका थिए।
बाल सुधार गृहमा कुल १२६ जना बालकैदी रहेको दुईजना शुक्रवार फरार भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

सेमिअटोमेटिक पेस्तोल र गोलीसहित ३ जना पक्राउ

वीरगन्ज महानगरद्वारा मदिरा ब्यबसायको अनुगमन

neelamb