neelamb

आगलागीबाट पसलमा रहेको सम्पूर्ण सामान जलेर नष्ट

रौतहट,११ असाेज । रौतहटको गरुडाको अंशु ट्रेडर्समा आगलागी भएको छ । गएराति भएको आगलागीबाट पसलमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालले बताए ।
स्थानीय रामजनम साहले सञ्चालन गरेको उक्त फर्नीचर पसलमा अचानक भएको आगलागी बाट १ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
डिएसपी खनालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर ३ वटा दमकलको सहयोगमा करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीको ठोस कारण खुल्न नसके पनि विद्युत सर्ट वा बालिएको धूप सल्किएर घटना भएको अनुमान गरिएको डिएसपी खनालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb