neelamb

सानो पाइला सहकारीका १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी, दुर्ई पक्राउ

वीरगंज, १० असोज । वीरगञ्ज । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारीसहित १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बचतकर्ताहरूको अर्बाैँ रुपियाँँ निक्षेप फिर्ता नगरेपछि वीरगञ्ज महानगरपालिका – १० आदर्शनगरस्थित सानो पाइला सहकारीका संस्थापक, वर्तमान तथा पूर्व सञ्चालक समितिका सदस्य र कर्मचारीसहित १३ जनाविरूद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अदालतले सानो पाइला सहकारीका संस्थापक गितेन्द्र बाबु राई (जीबी राई), वर्तमान अध्यक्ष अननत बाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, पूर्व उपाध्यक्ष नेहा पौडेल, सचिव देवेन्द्र बाबु राई, पूर्व सचिव तस्विरन मियाँँ, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व कोषाध्यक्ष सृष्टि श्रेष्ठ (माननधर), सदस्यहरू थान बहादुर बुढा मगर, धिरज कुमार दास, पूर्व सदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधे चन्द्र यादव विरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
पक्राउ पुर्जी जारी भएकामध्ये संस्थापक जीबी राई र अध्यक्ष अननत बाबु राई सहोदर दाजुभाइ हुन् भने पूर्व सचिव तस्बिरन मियाँँ र प्रबन्धक असरफ अलि सिद्धिकी पति–पत्नी हुन् । वीरगञ्जमा सहकारीको सम्पूर्ण जिम्मेवारी मियाँँ र सिद्धिकीले पाएका थिए । अधिकांसले उनीहरूलाई नै सहकारीको आधिकारिक व्यक्ति बुझ्ने गर्थे ।
प्रहरीका अनुसार हालसम्म कोषाध्यक्ष कुमार रम्तेल र कर्जा अधिकृत राधे चन्द्र यादव मात्र पक्राउ परेका छन् । अन्य भने फरार रहेका छन् ।
रम्तेललाई काठमाडौंस्थित उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनले भदौ २५ गते नै पक्राउ गरेको थियो । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य समेत रहेका रम्तेलले सहकारी मार्पmत झन्डै एक हजार बचतकर्ताहरूको अर्बाैँ रकम पनि हिनामिना आरोपमा अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो ।
यादवलाई भने पर्सा प्रहरीले पक्राउ गरेको छ । उनलाई शुक्रवार वीरगञ्जबाट पक्राउ गरिएको थियो । यादवलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरी अनुसन्धान समेत भइरहेको पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले जानकारी दिए । उनले फरार रहेकाहरूको पनि खोजी कार्य जारी रहेको बताए ।
वीरगञ्ज महानगरपालिकाले यसअघि भदौ ४ गते नै सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूको चल अचल सम्पत्ति रोका गरेर उनीहरूलाई पक्राउ गर्न विभिन्न निकायमा पत्राचार गरेको थियो । सहकारीलाई समस्याग्रस्त संस्था घोषणा गरी सञ्चालकहरूलाई पक्राउ गरी कारबाई गर्न महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।
महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवद्र्धन शाखाका प्रमुख सुनिल कर्णका अनुसार महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै नेपाल राष्ट्र बैंकलाई लेखिएको पत्रमा सहकारीका संरक्षक, पूर्व सञ्चालक, वर्तमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको बैंक खातासँगै चल–अचल सम्पत्ति रोक्का गर्न महानगरले सिफारिस गरेको थियो ।
यस्तै सिआइबीलाई पठाइएको पत्रमा संस्थाका संस्थापक एवम् संरक्षक गितेन्द्रबाबु (जिबी राई), अध्यक्ष अननतबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य अशोक यादव, थानबहादुर बुढामगर र धिरज दास, संस्थाका व्यवस्थापक असरफ अली, पूर्व उपाध्यक्ष नेहा पौडेल, पूर्व सचिव तस्बिरन मियाँँ, पूर्व कोषाध्यक्ष सृष्टि माननधरसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरी कारबाईको लागि सिफारिस गरिएको थियो ।
सहकारीले सदस्यहरूले बचत गरेको निक्षेप रकम फिर्ता गर्न नमानेको भन्दै महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवद्र्धन शाखामा एक सय १५ भन्दा बढी लिखित उजुरी दिएका थिए । उजुरीका आधारमा सहकारीले एक अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको अनुसन्धानका क्रममा खुलेको कर्णले बताए ।
सदस्यहरूको उजुरी पर्न थालेपछि महानगरपालिकाले संस्थाका संरक्षक जिबी राईसहितका सञ्चालकहरूलाई गत असार २४ गते महानगरपालिकाको कार्यालयमै झिकाएको थियो । बैठकमा सञ्चालक र व्यवस्थापकहरूले समस्या समाधानका लागि १५ दिनको समय माग गर्दै संस्थाको आर्थिक अवस्था वारे प्रस्ट हुने गरी एउटा श्वेत पत्र जारी गर्न भनेका थिए । यद्यपि संस्थाले जारी गरेको श्वेत पत्र चित्तबुझ्दो नभएपछि महानगरपालिकाको टोली सहकारीको कार्यालयमा अनुगमनमा पुगेको थियो । अनुगमनमा पुग्दा सहकारीको कार्यालयमा संरक्षक, सञ्चालक, पदाधिकारी र व्यवस्थापक मध्ये कोही पनि नभेटिएको कर्णले बताए ।
सञ्चालक र व्यवस्थापकहरू नै सम्पर्क विहीन भएपछि महानगरपालिकाले भदौ ४ गते मन्त्रालय, सिआइबी र राष्ट्र बैंकलाई कारबाईका लागि पत्र लेखेको कर्णको भनाई छ ।
काठमाडौंको कालीमाटीमा केन्द्रीय कार्यालय भएको सानो पाइला सहकारीको वीरगञ्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गते बचतकर्ता सदस्यहरूले प्रदर्शन गर्दै धर्ना पनि दिएका थिए । हाल उक्त कार्यालय बन्द छ । कार्यालय बाहिर लगाइएको संस्थाको साइनबोर्ड पनि हटाइएको छ । कार्यालय रहेको घरधनीका अनुसार सहकारीका प्रबन्धकहरूले थोरै थोरै गरेर कार्यालयबाट कम्प्युटर र फर्निचरहरू लागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb