neelamb

धारिलो हतियार प्रहार गरी युवकको हत्या

वीरगंज, ८ असोज । बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपाती निवासी एकजना युवकको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको छ ।
पिपरपातीका अमरेश सिंहको शव गएराति स्थानीयवासीले दक्षिण सीमा नजीकै देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले आज बिहान शवको मुचुल्का बनाई पोस्टमार्टमको लागि कलैया अस्पताल लगेको छ । प्रहरीले अनुसन्धानको क्रममा दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb