neelamb

महिलाहरूको लागि ५१ प्रतिशत हक अधिकार विभिन्न संवैधानिक निकायमा दिलाउँछौ– सांसद डा तोसिमा कार्की

वीरगंज, २६ भदौ/ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले राज्यले विभिन्न निकायमा ३३ प्रतिशत अधिकार दिनुको सट्टा ५१ प्रतिशत अधिकार दिनुपर्ने बताएकी छन् ।

रास्वपा जीतपुरसिमरा उपमहानगरपालिका नगरसमितिले सिमराको रोयल पार्टी प्यालेसमा सोमवार राति आयोजना गरेको तीज मिलन समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपालाई नेपाली जनताले पत्याएकोले अहिले पार्टी संसदमा छिरेको छ । साथै आगामी २०८४ को चुनावमा रास्वपालाई सहयोग गरेर पहिलो नम्बर पार्टी बनाएपछि महिलाहरूको लागि ५१ प्रतिशत हक अधिकार विभिन्न संवैधानिक निकायलाई दिलाउने हिसाबले अघि बढ्ने उनले बताइन् ।

रास्वपाकी अर्की सांसद निशा डाँगीले मधेस प्रदेशमा छोरीबेटीलाई घरभित्र राख्ने परम्परालाई अबको शिक्षित महिलाले प्रतिवाद गर्ने राजनीतिमा पनि मधेसी महिलाहरूको सहभागिता बढ्नुपर्ने जोड दिइन् । मधेसको विकास र समुन्नतिको सवालमा पनि मधेसी दिदीबहिनीहरू राजनीतिमा आएर समाजको नेतृत्व गर्नुपर्ने सुझाव दिइन् ।

सोही पार्टीकी अर्की सांसद विन्ध्यवासिनी कंसाकारले बारा–२ को गत चुनावमा आपूm बारा आएको र सो बेला राजनीतिक कार्यक्रममा महिलाहरूको सहभागिता न्यून देखिएकोले महिलाहरूको हक अधिकारको लागि बोल्ने पार्टी रास्वपा भएकोले रास्वपामा आउन उनले अपील गरिन् ।

रास्वपा जीतपुरसिमरा नगर कार्यसमितिका सभापति सुरेशराज केसीको सभापतित्वमा र नेता अमृत बस्यालको सहजीकरणमा भएको कार्यक्रममा रास्वपा मधेस प्रदेशकी उपसभापति राधिका न्यौपाने कलवार, ममता शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पर्सा, बाराका रास्वपाका नेता, कार्यकर्ताहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb