वीरगंज
बारा,परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित एलएस न्यूरो अस्पतालमा तोडफोड भएको छ । उपचारको क्रममा एक जना युवकको मृत्यु भएको चार दिनपछि आज ती युवकका आफन्तजनले अस्पतालमा पुगेर ढुंगामुढा गरी तोडफोड गरेका छन् । तोडफोडमा अस्पतालको सिसा,सिसिटिभी क्यामेरा,ल्याब तथा फार्मेसी वार्डमा समेत क्षति भएको छ । टोडफोड घटनामा संलग्न मध्ये बारा प्रहरीले ५ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा,विश्रामपुर–५ नकटुवा बस्ने वर्ष २२ का रवि साहको गत मंगलवार विहान ४ बजेपछि मृत्यु भएको थियो । एलएस न्यूरो अस्पतालबाट थप उपचारको लागि नेशनल मेडिकल कलेजमा लैजाने क्रमा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।
साह गत भदौ ११ गते सोमवारका दिन कलैयाबाट नौतन आउने क्रममा मोतिसर नजिकै पाइप उद्योग नजिकै तिव्र गतिको कारण उनको मोटरसाइकल दुर्घटना हुदाँ दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए । उनको दाहिने हात एवं दाहिने छातीमा गम्भीर चोट लागेको थियो । उनलाई राति पौने ११ बजे उपचारको लागि एलएस न्यूरो अस्पताल भर्ना गरिएको थियो । त्यसपछि चिकित्सकहरुले उपचार शुरु गरे । रगत परिक्षणमा हेमोग्लोबिन ४ दशमलव २ मात्रै रहेको डियूटीमा खटिएका एलएस न्यूरो अस्पतालका मेडिकल अफिसर डा.सन्जय आलमले बताए । साथै,रविको विपि थिएन,पल्स मात्रै थियो,रगत ल्याउन पनि ढिलो भयो,उनले भने । तर पनि उनको उपचारमा अस्पताका चिकित्सकहरु कुनै लापारवाही नगरेको उनको भनाई थियो । परिवारजनकै अनुमतिमा शल्यक्रिया गरी उनलाई स्टेबल गरेपछि करिब पौने ३ बजे नेशनल मेडिकलमा रेफर गरिएको थियो । त्यहाँ गएपछि इमरजेन्शी शाखामा चिकित्सकहरुले बाटौमै मृत्यु भएको बताएका थिए ।
मृत्यु भएपछि पोस्टमार्टमपछि उनको दाहस्कार गरियो । घटनाको चार दिनपछि आज अस्पतालमा दर्जनौ व्यक्तिले आक्रमण गरी अस्पतालमा क्षति पु¥याउनु दुखद भएको अस्पतालका प्रशासन प्रमुख नन्देश सिंहले बताए । ‘घटनाको बारेमा छलफल चलिरहेको अवस्थमा अचानक टोडफोड गरे,डा.श्यामबाबु पटेलको गाडीमै आक्रमण गरी पछि परेका थिए,उनी गाडीमा नभाग्दा जे पनि हुन्थ्यो,’उनले भने,‘यो घटनामा हामीले कानुनको साथ खोजेका छौं ।’
मृतक रविका फुप्पा पर्ने बारा महागढिमाई–५ का सुनिल साहले अस्पतालको चरम लापारवाहीको कारण उनको मृत्यु भएको आरोप लगाए । शुरुमा केस चिकित्सकले बुझ्न सकेनन्भ ने त्यति बेला नै नेशनलमा रेफर गर्नू पर्ने ढिलाई हुदाँ रविको मृत्यु भएको उनको आरोप छ ।साथै,मृतक साह अस्पताल भर्ना हुदाँ ठिक थिए,केही समयमा अवस्थामा बदलिन थालेपछि आफुहरुले नेशनलमा लगेकोमा मृत्यु भएकोले सबै परिवार शोकमा रहेको बताए । मृत्युपछि दाहस्कारमा दुई दिन परिवारजन व्यस्त हदुाँ अस्पतामा आएर घटनाक्रम बुझन ढिलाई भएको उनले दावी गरे । अस्पतालमा तोडफोड भएपछि जिल्ला प्रहरी कार्यालय बाराले थप सुरक्षाकर्मी परिचालन गरेको छ ।
उपचारमा लापारवाही भएको भन्दै मृतकका परिवाजनद्वारा अस्पतामला तोडफोड

भर्खरै
ट्रेन्डिङ
लोकप्रिय