वीरगंज
बाराको प्रसौनी गाउँपालिका वडा नं १ नकटुवामा रक्षा बन्धनको अवसर पारी महाविरी झण्डा मेला सम्पन्न भएको छ । हरेक वर्ष रक्षाबन्धनको दिन लाग्ने उक्त मेलामा मुख्य आकर्षण कुस्ती अर्थात दंगल प्रतियोगिता हुने गरेको छ । विगत ७ वर्षदेखि नेराआवि नकटुवा नजिक लागिरहेको महाविरी भण्डा मेलामा यस वर्ष पनि नेपाल भारतको नमुद पहलमान वीच करिब ३५ जोड कुस्ती प्रदर्शन भएको प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जैसवालले बताए । रक्षाबन्धनको दिन सार्वजनिक विदा रहने भएकोले स्थानीय कुस्ती खेललाई संबद्र्धन र विकास हेतु हरेक वर्ष रक्षा बन्धनको दिन सो प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए । कुस्ती दंगलमा पर्सा,बारा,रौतहट,सर्लाही,रुपेन्देही,नवलपरासी,भारतको पन्जाब,हरियाणा,बणारस,दिल्ली,बिहार,यूपीलगायतको नामुद पहलमानहरुले खेलको प्रदर्शन गरको थिए । मेला आयोजक समितिका अध्यक्ष रफिक मियाको अध्यक्ष एवं गापा अध्यक्ष जैसवालको प्रमुख आतिथ्यतामा सम्पन्न कुस्ती प्रतियोगितामा,गापा उपाध्यक्ष किरण देवी, वडा न. १ का वडा अध्यक्ष लालबाबु मुखिया बिन, वडा नं २ का वाड अध्यक्षा हृदयनारायण साह,वडा नं ४ का वडा अध्यक्ष याकुब अन्सारी,वडा नं ५ का वडा अध्यक्ष सन्तोष साह,वडा नं ७ का वडा अध्यक्ष ईस्लाम मियाँलगायतको सहभागिता थियो ।
रक्षा बन्धनमा प्रसौनीमा महाबिरी झण्डा,मेलामा दंगलको आकर्षण

भर्खरै
ट्रेन्डिङ
लोकप्रिय