neelamb

निचुटाको मोटरसाइकल दुर्घटनामा पीडित परिवारजनको अशंका

पर्सा
पर्साको पटेर्वासुगौली गापा– ५ निचुटामा गत साउन ३२ गते विहान ६ बजे भएको सवारी दुर्घटनाको घटनामा पीडित परिवारजनको अशंका पैदा भएको छ । सो घटनामा परी मृत्यु भएका वीरगंज महानगरपालिका–१ छपकैया सिसौबारीका २१ वर्षिय राहुल सिंह राजपुतको परिवारजनले कालगतिको दुर्घटना नभई हत्या भएको हुन सक्ने अशंका भएको जनाएका छन् । मृतक राहुलका बुवा जयनाथ सिंहले यस्तो अशंका गरेका हुन् ।
मोटरसाइकल अनियन्त्रित भइ निचुटा र देउरियाको वीचको पैनीमा खसेर उनको मृत्यु भएको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले शव बरामद गरी सर्जमिन मुचुल्का गरेको थियो । प्रहरी टोलीको प्रारम्भिक अनुसन्धानमा विहानको समयमा मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोकिएर पैनीमा खस्दा उनको टाउकोमा गम्भीर चोट लाग्दा उनको मृत्यु भएको उल्लेख गरेको छ । तर प्रहरीको सर्जमिन रिर्पोटबाट परिवारजन सन्तुष्ट नभएको र त्यो घटनाको पुनः अनुसन्धान हुनु पर्नेमा माग गरेका छन् ।
पानीमा शव र मोटरसाइकल हेर्दा मृतक राहुलले चलाएको ना १८ प ४०२८ नम्बरको होन्डा साइन मोसाको हेडलाइटको सिसा नफुटेको तर इप्रका पटेर्वासुगौलीमा मोसा पुगेपछि हेडलाइटको सिसा फुटेको देखिएपछि राहुृलको हत्या गरी दुर्घटनाको घटना झल्काउने प्रयास भएले पुनः अनुसन्धानको माग परिवारजनले गरेका छन् । साथै,पीडित परिवारजनले राहुलका साथी देउरियाका विद्यानन्द चौधरीमाथि पनि घटनामा संलग्न भएको हुन सक्ने अशंका गरेका छन् ।
राहुल र विद्यानन्द दुबै वीरगंजको आदर्शनगरस्थित भास्कर हर्बोस्यूटिक्ल्स प्रालिको कार्यालयमा रहेको राहुल फर्मामा काम गर्छन् । चौधरीको घरमा गत साउन ३१ गते छठियारको भोज खान भने साझ राहुल चौधरीकै मोटरसाइकलमा देउरिया गएका थिए । राहुलको मामाघर निचुटा हो । भोज कार्यक्रम सकाएर चौधरीको मोटरसाइकल लिएर राति साढे ९ बजे मामाघर निचुटा पुगेका राहुलका साथी विद्यानन्द चौधरीले विहान ४ बजे पछि ह्वाट्सएपमा फोन गरी देउरिया आउन भनी बोलाएका थिए । मामाघरबाट विहान साढे ५ बजे निस्केका राहुलका वीच बाटोमा सो दुर्घटनामा परी घटनास्थलमा मृत्यु भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक राजाराम केशरीका अनुसार घटना बारे विना अधारको कुरा नगर्न अपिल गरेका छन् । मोटरसाइकललाई प्रहरीको गाडीमा लोड गरी थानामा ल्याउने क्रममा हेडलाइटको सिसा फुटेको इप्रका पटेर्वासुगौलीका प्रनि केशरीले स्पष्ट पारे । ‘घटना दुर्घटना नै हो,हत्या वा अरु कुनै घटना होइन, मृतकको लाइसेन्स थिएन, विहानको समयमा गाउँको मोड भएको बाटोमा चलाउन जानेनन,तिव्र गतिकै कारण अनियनित्रत भएर गाडी रुखमा ठोकिएर पैनीमा खसेको जस्तो देखिन्छ,’ उनले भने ,‘मृत्तकको कान र नाकबाट रगत पनि निस्केको थियो,जब सम्म घरपरिवारका सदस्इ आएनन्,तब सम्म शव पैनीबाट निकालेनौ,सबैलाई घटनाको प्रमाण देखाएर नै शव निकालिएको हो ।’ सबैले हेरेर घटना बुझिसकेपछि मात्रै शव पोस्टमार्टमको लागि वीरगंज पठाइएको उनले बताउँदै पीडित परिवारलाई भ्रममा नपर्न र सत्यलाई स्वीकार गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb