neelamb

चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते

७ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।
दुर्घटना पछि बसका चालक फरार छन् ।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb