neelamb

मधेस विश्वविद्यालयमा बिए, एलएलबीतर्फ विद्यार्थीको आकर्षण बढयो

वीरगंज, ४ भदौ । मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन संकायमा भर्नाका लागि आवेदन दिन सूचना जारी गरेको छ ।
पहिलो वर्षमै पठनपाठन शुरू गर्न लागेको विश्वविद्यालयमा कानुन संकायतर्फ वीए एलएलबी र जनप्रशासन संकायमा यही भदौ १ देखि १५ गतेसम्मका लागि भर्ना आवेदन खुला गरेको हो । आवेदन खुला भएको तीन दिनमै तीन सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका छन् । खासगरी वीए एलएलबी तर्पm विद्यार्थीको आकर्षण बढेको छ ।
रजिष्ट्रार विजयकुमार यादवले हामीले भर्ना आवेदन खुला गरेको तीन दिनकै अवधिमा कानुन संकायतर्पm तीन सय र जनप्रशासन संकायतर्पm २७ विद्यार्थीले आवेदन दिइसकेको बताए ।
विश्वविद्यालयले कानुन सÍायतर्पm एक सय १० र जनप्रशासनतर्पm ५५ विद्यार्थीका लागि कोटा निर्धारण गरेको छ । यसरी हेर्दा निर्धारित कोटा भन्दा बढी आवेदन हुने भएकाले भदौ २३ गते प्रवेश परीक्षा सञ्चालन गरी विद्यार्थी छनोट गरिने रजिष्ट्रार यादवले बताउनुभयो ।
विद्यार्थी छनोटका लागि ८० पूर्णांकको मौखिक र २० पूर्णांकको अन्तरवार्ता परीक्षा लिइने विश्वविद्यालयले जनाएको छ । उहाँका अनुसार विश्वविद्यालयमा अध्ययनका लागि कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा न्यूनतम ५० प्रतिशत वा ‘सी प्लस’ अङ्क ल्याएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb