neelamb

बोरामा दुई बालकलाई राखेर लैजाँदै गर्दा एकजना भारतीय पक्राउ

वीरगंज, ४ भदौ । सशस्त्र प्रहरी दक्षिण झिटकैयाले दुईजना अबोध बालबालिकाको उद्धार गरेको छ ।
बारा जिल्ला देवताल गाउँपालिका–३ नन्कीअमवा निवासी शिवपूजन महतोकी नौ महीनाकी छोरी लक्ष्मी महतो र सोही स्थान निवासी प्रेमचन्द्र महतोका दुई वर्षीय छोरा सत्यमकुमार महतोलाई बोरामा हालेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्रको टोलीले उद्धार गरेको र चोरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १२ नं हेडक्वाटर बाराले जनाएको छ ।
देवताल गापाबाट आज भारत पूर्वी चम्पारण मूर्तिया ग्रामपञ्चायत–४ आधापुर बस्ने २२ वर्षीय तबरेज आलमले दुईजना बालबालिकालाई चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब निरीक्षक मिलन श्रेष्ठ नेतृत्वको टोलीले शङ्का लागि बोरा चेकजाँच गर्दा दुईजना बालबालिका फेला परेका थिए । बालबालिकालाई अभिभावकको जिम्मा लगाएको र आलमलाई प्रहरी चौकी देवातालको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb