neelamb

वीरगंजका व्यवसायीसंग हरिवनका जनप्रतिनिधिसंग छलफल

वीरगंज
वीरगंज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष हरिप्रसाद गौतमको सभापतित्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु र हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीको नेतृत्वमा सम्मिलित एक टोली बीच आज छलफल भएको छ । वीउवा संघको सभाहलमा आयोजना भएको छलफल कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष गौतमले हरिवनमा कृषिजन्य उत्पादन तथा कृषिजन्य उद्योगहरु स्थापनाको पर्याप्त सम्भावना रहेकोले त्यतातिर ध्यान दिन आग्रह गरे । आर्थिक क्षेत्रलाई प्राथमिकतामा राखेर हरिवन नगरपालिकाभित्र उद्योगहरु स्थापना गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन देखाएको अग्रसरताप्रति मेयर बुढाथोकीलाई धन्यवाद समेत दिए ।
उनले हरिवन नगरपालिकाभित्र उद्योगहरुको स्थापनाको लागि जग्गाको प्रबन्ध गर्नुपर्ने, नियमित विद्युत आपूर्तिको व्यवस्था गर्नुपर्ने, ढल निकासको व्यवस्था गर्नुपर्ने, शान्ति सुरक्षाको व्यवस्था हुनुपर्ने, उद्योग स्थापना गर्दाका बखत नीतिगत जटिलताबाट मुक्त हुनुपर्ने, आईईई÷ईआईए गराई राख्ने झण्झटबाट मुक्त राख्नुपर्ने, उद्योगहरु स्थापना भई सके पश्चात् स्थानीयहरुको हस्तक्षेप नहुनुपर्ने लगायतका सुझावहरु दिए ।
साथै नगरपालिका क्षेत्रमा उद्योगहरु स्थापनाका लागि चाहिने सहयोग र सहकार्यका लागि सङ्घ सदैव तयार रहेको उनले आश्वासन दिए । वीरगंज उद्योग वाणिज्य संघका अरविन्द्र अमात्य, तारा प्रसाद र हीरालाल साहले हरिवन नगरपालिकाले हरिवनले कृषिमा आधारित उद्योगको अपार सम्भावना बोकेकोले कृषिसँग सम्बन्धित उद्योगहरु स्थापना गर्नुपर्ने जोड दिए । साथै उद्योग स्थापनाको लागि गर्नुपर्ने कार्यहरु बारे आ–आफ्नो सुझाव दिए ।उनीहरुले नगरपालिका क्षेत्रमा उद्योगहरु स्थापनाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
हरिवन नगरपालिकाका मेयर बुढाथोकीले हरिवन नगरपालिका क्षेत्रभित्र उद्योगहरु स्थापनाको लागि आवश्यक सहयोग गर्न वीरगंजका व्यवसायीसंघ आग्रह गरे । उनले उद्योगहरु स्थापनाका लागि चाहिने पूर्वाधारहरु जग्गाको प्रबन्ध, बिजुली बत्तीको व्यवस्था, ढल निकासको व्यवस्था आदिको प्रबन्ध नगरपालिकाले गर्ने प्रतिबद्धता गरे । साथै उद्योगहरु स्थापनाका क्रममा कुनै समस्या परे नगरपालिकाले पूर्ण सहयोग गर्ने उनको भनाई थियो ।
कार्यक्रममा वीउवासङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्याय र हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा हेल्भेटास नेपाल इन इलम परियोजनाका टिम लिडर हरि गुरुङ, हेल्भेटास नेपाल इन इलम परियोजनाका प्रदेश संयोजक कृष्णलाल कर्ण, हरिवन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अर्जुन योञ्जन, हरिवन नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष केशव राज थापा, हरिवन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नागेन्द्र साह, हरिवन नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा, हरिवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजन के.सी., हरिवन उद्योग वाणिज्य सङ्घका महासचिव राम विनोद कुश्वाहा, सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb