neelamb

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, युवकको मृत्यु

वीरगंज, ३२ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटा मा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । वीरगंज महानगरपालिका छपकैया वडा नम्बर १ का जयनाथ सिंहका १६ वर्षीय छोरा राहुल कुमार सिंहको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान निचुटाबाट देउरिया आउने क्रममा सिंहले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घंटना हुदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्ष्Fक रामराजा केशरीले जानकारी दिए ।
शव पोष्टमार्टमका लागी नारायणी अस्पताल पठाइएको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखिएको प्रहरी निरीक्ष्Fक केशरीले बताएका छन् ।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

क्षयरोगमुक्त हिमाल, पहाड तराई नाराका साथ जनचेतनामूलक कार्यक्रम

वीरगंज, १३ मंसिर । नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाको आयोजनामा ७०औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस–२०८० को अवसरमा जनचेतनामूलक कार्यक्रम भएको छ । आज श्री...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb